spot_img

मौद्रिक नीतिले १५ प्रतिशत कर्जा प्रवाहको लक्ष्य राख्नुपर्छः अध्यक्ष अग्रवाल

spot_img

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८१÷०८२ मा १५ प्रतिशत कर्जा प्रवाहको लक्ष्य राख्नुपर्ने बताएका छन् । बिजनेश पानासँग आगामी मौद्रिक नीति कस्तो आउनुपर्छ भन्ने बारे संक्षिप्त कुराकानी गर्दै अध्यक्ष अग्रवालले आगामी बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकाले कर्जा प्रवाह कम्तीमा १५ प्रतिशत हुनुपर्ने बताएका हुन् ।

विगतका दायित्व र थप लगानीको वातावरण बनाउँदै त्यस अनुसार कर्जा प्रवाह हुन सके मात्रै सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा सक्ने उनको भनाइ छ । यसकारण केन्द्रीय बैङ्कले पूर्ण विस्तारित एवम् खुकुलो र लचिलो मौद्रिक नीति अख्तियारी गर्नुपर्ने भन्दै अध्यक्ष अग्रवालले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न १५ प्रतिशत कर्जा प्रवाह हुनुपर्ने बताएका हुन् ।

‘विगत २ वर्षको तथ्याङ्क हेर्ने हो भने औसतमा ४ प्रतिशत हाराहारी मात्रै कर्जा प्रवाह भएको छ, यो तथ्यले आर्थिक गवितिधिमा मन्दी छ भन्ने स्पष्ट रुपमा देखाउँछ’ उनले भने, ‘आर्थिक वर्ष २०८१÷०८२ को बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ, यसका लागि केन्द्रीय बैङ्कले विगतको दायित्व समेतलाई आधार मानेर १५ प्रतिशत कर्जा प्रवाहको लक्ष्य राख्नुपर्ने देखिन्छ ।’

उनले बैङ्कहरुले सबै प्रकारका कर्जामा आधार दरमा अधिकतम् २ प्रतिशत मात्रै प्रिमीयम थप्न पाउने व्यवस्था गरिनुपर्ने, घरकर्जा र सेयर धितो कर्जामा भएका संकुचित नीतिहरु तुरुन्त हटाइनुपर्ने, अनौपचारिक अर्थतन्त्रमा भएको पूँजीलाई बैङ्किङ प्रणालीमा ल्याउन बैङ्कमा नगद डिपोजिटको सीमा हटाउनुपर्ने पनि बताएका छन् ।

अहिले बैङ्कहरुमा खराब कर्जा ५ प्रतिशत हाराहारी पुगिसकेको भन्दै अध्यक्ष अग्रवालले अब पनि उदार र लचिलो नीति नलिने हो भने खराब कर्जा अझै बढ्न गई समग्र बैकिङ्ग प्रणाली नै समस्यामा पर्न सक्नेतर्फ राष्ट्र बैङ्क सचेत हुनुपर्ने सुझाव पनि दिएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...