युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो ।
कम्पनीले १००ः१० को अनुपातमा हकप्रद शेयर निष्काशनका लागि अनुमति माग गरेको थियो । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले अब १०० रुपैयाँ अंकति दरका २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।












