विभिन्न ३ वटा कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। दोल्ती पावर लिमिटेड, ओरियन्टल होटेल्स लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।
यी कम्पनीले क्रमश मङ्सिर २५, मङ्सिर २९ र पुस ९ गते आवेदन दिएका हुन्।
दोल्ती पावर लिमिटेडले हाल कायम चुक्ता पुँजीको १:०.९६१८ को अनुपातमा ९६.१८ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले ५१ करोड ५९ लाख ८६ हजार रुपैयाँको ५१ लाख ५९ हजार ८ सय ६० कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो। हकप्रद निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
ओरियन्टल होटेल्सले हाल कायम चुक्ता पुँजीको १०:२.६६३ को अनुपातमा २६.६३ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले ३१ करोड ५५ लाख ५ हजार ४० रुपैयाँको ३१ लाख ५५ हजार ५० दशमलव ४० कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो। हकप्रद निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
भूगोल इनर्जीले हाल कायम चुक्ता पुँजीको १:०.८८६६ को अनुपातमा ८८.६६ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले ४८ करोड २३ लाख ८४ हजार रुपैयाँको ४८ लाख २३ हजार ८ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो। हकप्रद निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
धितोपत्र बोर्डले अनुमति पाएपछि यी कम्पनीले हकप्रद निष्काशन गर्ने छन्।












