Tuesday, March 18, 2025
spot_img
spot_img

हकप्रद निष्काशन अनुमति माग गर्दै ८ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

विभिन्न ८ वटा कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यी कम्पनीले जेठ र असारमा आवेदन दिएको भए पनि बोर्डले आफ्नो वेबसाइटमा बल्ल आवेदन अपडेट गरेको हो ।

आवेदन दिएका ८ कम्पनी मध्ये ६ वटा हाइड्रोपावर छन् भने २ वटा बीमा कम्पनी छन् । बोर्डबाट अनुमति पाएपछि यी कम्पनीले हकप्रद निष्काशन गर्ने छन् ।

हेर्नुस् कुनको कति हकप्रद ?

बाराही हाइड्रो : १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने २५ लाख कित्ता हकप्रद शेयर

पिपुल्स पावर: १:०.५ को अनुपातमा ५० प्रतिशतले हुन आउने ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर

दोर्दी खोला जलविद्युत : १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद शेयर

राप्ती हाइड्रो : १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ६१ लाख २७ हजार ९ सय ३८ कित्ता हकप्रद शेयर

रिभर फल्स हाइड्रो: १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ७० लाख कित्ता

सन् नेपाल लाइफ इन्स्योरेन्स : १:०.२७ को अनुपातमा २७ प्रतिशतले हुन आउने १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता हकप्रद शेयर

शिवश्री हाइड्रो : १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर

नेपाल इन्स्योरेन्स : १०:४ को अनुपातमा ४० प्रतिशतले हुन आउने ६५ लाख ७६ हजार ९ सय ३७ दशमलव ७६ कित्ता हकप्रद शेयर

spot_img

- Advertisement -

spot_img
spot_img

Tech Peak Nepal: Orlando 2025 – Nepal’s First-Ever ITES Roadshow in the US

Prajwal Nepali Nepal is making history in the global technology...

अथरको टेस्ट ड्राईभ शोरुम बौद्धमा

विद्युतीय दुइ पाङ्ग्रे (स्कुटर) अथरको टेस्ट ड्राइभ शोरुम काठमाडौँका...

उद्योगमन्त्रीको प्रश्न, ‘उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रीले उद्योगी...

कहाँ जाँदै थिए २५ करोड बराबरका डलर र युरो बोकेर ट्रक चलाइरहेका कुसाङ ?

काठमाडौँको झोरबाट सोमबार राती स्रोत नखुलेको अमेरिकी डलर, युरो...

संसदीय समितिमा सिमेन्ट उद्योगीले सोधे, ‘पटक पटक किन बोलाएको ?’

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...

छिट्टै नेप्सेमा सूचीकृत हुँदै यी १४ कम्पनीको बोनस शेयर, धितोपत्र बोर्डमा दर्ता सम्पन्न

नेपाल धितोपत्र बोर्डमा विभिन्न १४ कम्पनीको बोनस शेयर दर्ता...
spot_img