spot_img

हकप्रद निष्काशन अनुमति माग गर्दै ८ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

spot_img

विभिन्न ८ वटा कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यी कम्पनीले जेठ र असारमा आवेदन दिएको भए पनि बोर्डले आफ्नो वेबसाइटमा बल्ल आवेदन अपडेट गरेको हो ।

आवेदन दिएका ८ कम्पनी मध्ये ६ वटा हाइड्रोपावर छन् भने २ वटा बीमा कम्पनी छन् । बोर्डबाट अनुमति पाएपछि यी कम्पनीले हकप्रद निष्काशन गर्ने छन् ।

हेर्नुस् कुनको कति हकप्रद ?

बाराही हाइड्रो : १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने २५ लाख कित्ता हकप्रद शेयर

पिपुल्स पावर: १:०.५ को अनुपातमा ५० प्रतिशतले हुन आउने ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर

दोर्दी खोला जलविद्युत : १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद शेयर

राप्ती हाइड्रो : १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ६१ लाख २७ हजार ९ सय ३८ कित्ता हकप्रद शेयर

रिभर फल्स हाइड्रो: १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ७० लाख कित्ता

सन् नेपाल लाइफ इन्स्योरेन्स : १:०.२७ को अनुपातमा २७ प्रतिशतले हुन आउने १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता हकप्रद शेयर

शिवश्री हाइड्रो : १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर

नेपाल इन्स्योरेन्स : १०:४ को अनुपातमा ४० प्रतिशतले हुन आउने ६५ लाख ७६ हजार ९ सय ३७ दशमलव ७६ कित्ता हकप्रद शेयर

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...