Monday, December 29, 2025
spot_img

९४ प्रतिशतले बढ्यो स्वस्तिक लघुवित्तको खुद नाफा, ईपीएस २८.७८ रुपैयाँ

spot_img

स्वस्तिक लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ।  प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ९९ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा ९४.०४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५१ लाख ४० हजार रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५१.०७ प्रतिशतले बढेर ४ करोड ६ लाख पुगेको छ। कम्पनीको कुल संचालन आम्दानी  पनि ३३.३६ प्रतिशतले बढेर ४ करोड ९२ लाख पुगेको छ। कम्पनीको संचालन नाफा १७७.१८ प्रतिशतले बढेर १ करोड ४२ लाख पुगेको छ ।

कम्पनीको वितरणयोय मुनाफा १ करोड २ लाख रहेको छ । कम्पनीको वितरणयोग्य प्रति शेयर रकम २९.६० रुपैयाँ रहेको छ, यसले कम्पनीको लाभांश क्षमता २९.६० प्रतिशत रहेको देखाउछ ।

कम्पनीको चुक्ता पुंजी ३ करोड ४६ लाख ५० हजार रुपैयाँ रहेको छ।  समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १४.८३ रुपैयाँबाट बढेर २८.७८ रुपैयाँ पुगेको छ। कम्पनीको  खराब कर्जा ६.६८ प्रतिशत रहेको छ।

कम्पनीले छिट्टै सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड पनि गरिसकेको छ।  अब कम्पनीले आम सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता शेयर निष्काशन गर्ने छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लक्ष्मी सनराइज बैंकको साधारणसभा सम्पन्न

लक्ष्मी सनराइज बैंकको साधारणसभा सम्पन्न भएको छ। बैंकले आज...

वैदेशिक रोजगारीमा जानेलाई सहज रुपमा ऋण उपलब्ध गराउनुपर्ने अध्यक्ष ढकालको भनाइ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा...

कामना सेवा विकास बैंकद्वारा स्याङ्जामा पोशाक तथा शैक्षिक सामाग्री वितरण 

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको बोनस शेयर...
spot_img
spot_img