चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा सपोर्ट लघुवित्तको खुद नाफा १४८.३६ प्रतिशतले बढेको छ। यस अवधिमा कम्पनीले ३ करोड ६ लाख खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १ करोड २३ लाख मात्र थियो।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७७.४७ प्रतिशतले बढेर ८ करोड ७२ लाख पुगेको छ। कम्पनीको संचालन मुनाफा २४९.२७ प्रतिशतले बढेर ६ करोड ६५ लाख पुगेको छ।
यस अवधिमा कम्पनीको कर्जा प्रवाह ६.३९ प्रतिशतले बढेर १ अर्ब ८४ करोड पुगेको छ भने निक्षेप संकलन २२.५० प्रतिशतले बढेर ४१ करोड ५४ लाख पुगेको छ। समीक्षा अवधिमा कम्पनीको खराब कर्जा १.४७ प्रतिशतबाट बढेर १.६४ प्रतिशत पुगेको छ।
कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ २८ पैसाबाट बढेर ३३ रुपैयाँ ३७ पैसा पुगेको छ भने प्रति शेयर नेट वर्थ भने सामान्य घटेर १५२ रुपैयाँ ७९ पैसा पुगेको छ।
१२ करोड २४ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ६ करोड ४६ लाख रहेको छ।












