Tuesday, August 11, 2026
spot_img

गरिमा क्यापिटलले फागुन २८ गतेदेखि ओपन म्युचुअल फण्डको युनिट निष्काशन गर्ने

spot_img

गरिमा क्यापिटलले फागुन २८ गतेदेखि खुलामुखी सामुहिक लगानी कोष योजना (ओपन म्युचुअल फण्ड) को इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले गरिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरिमा सुवर्ण योजना नामको ओपन म्युचुअल फण्डको इकाई निष्काशन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले  माघ २१ गते क्यापिटललाई योजना संचालनको अनुमति दिएको थियो ।   यस योजनाको आकार १ अर्ब रहेको छ। फण्ड अन्तर्गत प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन हुने छ।

क्यापिटलले पहिलो चरणमा ५ करोड इकाई मात्र निष्काशन गर्ने छ। जस मध्ये बिज पुंजी वापत ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटललाई, र ९० लाख इकाई कोष प्रबर्दक गरिमा विकास बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ३ करोड ५० लाख इकाई सर्वसाधारणलाई निष्काशन हुने छ।

यस निष्काशनमा आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिने छ।आवेदन दिंदा छिटोमा चैत्र २ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र १२ गतेसम्म आवेदन दिन सकिने छ।

हाल क्यापिटलले गरिमा समृद्धि योजना नामको बन्दमुखी फण्ड संचालन गरिरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नाइमा एक्स्पोमा Proton e.MAS 5 , यस्ता छन् विशेषता

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा....

नाईमा एक्स्पोमा Ather 450X Overtones Series सार्वजनिक, स्टल भिजिट गर्दा स्कुटर जित्ने अवसर

वैद्य इनर्जी प्रा.लि. अन्तर्गत नेपालमा Ather Energy को आधिकारिक...

ICFC फाइनान्सद्वारा कर्णालीकी छात्रा शीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले कर्णाली प्रदेशबाट काठमाडौं आई जोरपाटीस्थित चामुण्डा...

मनसुन सर्भिस क्याम्प गर्दै सिजी, गाडीको निशुल्क चेकजाँच

सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत...

चेरी वान्डाका ईभी भ्यान नाइमा एक्स्पोमा, बिना धितो हायर पर्चेज सुविधा

काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो...

ग्लोबल आइएमई बैंकले ५.२५ प्रतिशत ब्याजमै ऋण दिने

ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर...
spot_img

This will close in 0 seconds