Thursday, May 22, 2025
spot_img

सामान्य अंकले घट्यो नेप्से, नेपाल फाइनान्स र हिमालय रि–इन्स्योरेन्सको उच्च कारोबार

आज मंगलबार शेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से तीव्र उताचढावका बीच अन्तिममा ८.१८ अंकले घटेर २९२३.४६ बिन्दुमा झरेको छ ।

आज ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ५१ करोड ५० लाख १० हजार ६३३.३१ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीमध्ये १५७ कम्पनीको शेयरमूल्य घटेको छ । ८० कम्पनीको शेयर मूल्य बढेको छ ।

आज बढी कारोबार हुनेमा नेपाल फाइनान्स, हिमालय रि–इन्स्योरेन्स, अपी पावर, शिवम् सिमेन्ट, अरुण भ्याली हाइड्रोपावर कम्पनी छन् । त्यस्तै, आज बढी कमाउने लगानीकर्तामा मातृभूमी लघुवित्त, पिपुल्स पावर लिमिटेड, दोल्ती पावर, गुडबिल फाइनान्स र न्यादी हाइड्रोका लगानीकर्ता छन् ।

नेपाल फाइनान्स, आत्मनिर्भर लघुवित्त, मैलुङखोला जलविद्युत, अभियान लघुवित्त र सगरमाथा हाइड्रोपावरका लगानीकर्ताले बढी गुमाएका छन् । आज सबैभन्दा बढी गुमाउनेमा होटल र उत्पादन क्षेत्रका लगानीकर्ता छन् । आज फाइनान्स र जीवन बीमा कम्पनीको समूहबाहेक सबै समूहगत सूचक घटेका छन् ।

spot_img

- Advertisement -

spot_img
spot_img

शक्ति गुमाएर ‘भूत बंगाला’ बनेको उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले साना र मझौला उद्यमी व्यवसायीहरुको...

बुद्धको ७२ सिटे जहाजद्वारा काठमाडौं–भरतपुर परीक्षण उडान

बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले काठमाडौं–भरतपुर परीक्षण उडान...

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...
spot_img