शेयरबजारमा २० अर्ब बढीको कारोबार, सबै सिमेन्ट कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

spot_img

साताको अन्तिम दिन आज शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ। आज नेप्से सूचक ६.७० अंकले बढेर २७६६.३८ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३२२ कम्पनीका ५ करोड ९ लाख ४६ हजार ८ सय ३२ कित्ता शेयर खरिद बिक्रीबाट २० अर्ब ७ करोड ४ लाख ३४ हजार १ सय ३ रुपैयाँ ३८ पैसाको कारोबार भएको छ। जस मध्ये शिवम सिमेन्टको सर्वाधिक १ अर्ब २० करोड तथा हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ७ करोडको कारोबार भएको छ।

आज कारोबारमा आएका सबै सिमेन्ट कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। ४ सिमेन्ट कम्पनी बाहेक कर्णाली डेभलपमेन्ट बैंक र मिड सोलु हाइड्रोको शेयर मूल्य पनि १० प्रतिशत बढेको छ।

आज कारोबारमा आएका मध्ये एनआरनएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको शेयर मूल्य सर्वाधिक ८.०४ प्रतिशत तथा सानिमा बैंकको ऋणपत्रको शेयर मूल्य ७.६९ प्रतिशत घटेको छ। त्यस्तै आरम्भ चौतारी लघुवित्तको शेयर मूल्य ४.९३ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका समूहगत सूचक मध्ये उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ५.८७ प्रतिशत बढेको छ भने होटेल तथा टुरिजम समूह सर्वाधिक १.२७ प्रतिशत घटेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल टेलिकमको ईन्टरनेट अफर: जडानमा ५०० छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा इन्टरनेट...

एमजी हेक्टर टोमहक ईभीको बिक्री सुरु, मूल्य ५७ लाख ९९ हजार

नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ...

दिव्यज्योति हाइड्रोपावरको एजीएम सम्पन्न, पहिलो वर्षबाट नै लाभांश दिने प्रतिवद्दता

दिव्यज्योति हाइड्रोपावर लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको...

सिद्धार्थ बैंकको एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा

सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ।...

दार्चुला पावरको साधारणसभा सम्पन्न, एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

दार्चुला पावर लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको...

बैंकहरुलाई शाखा मर्ज गर्न आधा दर्जन नयाँ व्यवस्था, कर्मचारी हटाउन नपाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा मर्ज...