Tuesday, July 28, 2026
spot_img

शेयरबजारमा २० अर्ब बढीको कारोबार, सबै सिमेन्ट कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

spot_img

साताको अन्तिम दिन आज शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ। आज नेप्से सूचक ६.७० अंकले बढेर २७६६.३८ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३२२ कम्पनीका ५ करोड ९ लाख ४६ हजार ८ सय ३२ कित्ता शेयर खरिद बिक्रीबाट २० अर्ब ७ करोड ४ लाख ३४ हजार १ सय ३ रुपैयाँ ३८ पैसाको कारोबार भएको छ। जस मध्ये शिवम सिमेन्टको सर्वाधिक १ अर्ब २० करोड तथा हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ७ करोडको कारोबार भएको छ।

आज कारोबारमा आएका सबै सिमेन्ट कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। ४ सिमेन्ट कम्पनी बाहेक कर्णाली डेभलपमेन्ट बैंक र मिड सोलु हाइड्रोको शेयर मूल्य पनि १० प्रतिशत बढेको छ।

आज कारोबारमा आएका मध्ये एनआरनएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको शेयर मूल्य सर्वाधिक ८.०४ प्रतिशत तथा सानिमा बैंकको ऋणपत्रको शेयर मूल्य ७.६९ प्रतिशत घटेको छ। त्यस्तै आरम्भ चौतारी लघुवित्तको शेयर मूल्य ४.९३ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका समूहगत सूचक मध्ये उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ५.८७ प्रतिशत बढेको छ भने होटेल तथा टुरिजम समूह सर्वाधिक १.२७ प्रतिशत घटेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगीलाई अर्थमन्त्रीले सोधे, ‘नयाँ लगानी कहाँ अड्कियो ?’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुलाई ‘नयाँ लगानी आउन...

प्रयोग हुन थाल्यो अर्थमन्त्रीको अफर, करमा १ प्रतिशत थप रकम तिर्ने गरि मुद्दा फिर्ता लिने बढ्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट...

एनआईसी एशिया बैंकले सेबोनसँग माग्यो हकप्रद निष्काशन अनुमति

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै...

हार्वर्ड ग्राजुएट विवेक राज कँडेल ऊर्जामन्त्री श्रेष्ठको सल्लाहकार नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार...

विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमलाई

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...
spot_img