Sunday, June 14, 2026
spot_img

पुँजीबजारबारे आज धितोपत्र बोर्डसँग छलफल गर्दै संसदको अर्थ समिति

spot_img
spot_img

प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिले आज पुँजीबजारबारे नेपाल धितोपत्र बोर्डसँग छलफल गर्ने भएको छ । समितिले नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने भन्दै समितिका सदस्यहरुलाई निमन्त्रणा पठाएको छ।

बैठक आज बिहिबार अर्थ समितिको बैठक हल (संघीय संसद सचिवालय भवन नं.१ को कोठा नं. ४०२) मा बिहान ११ बजे हुने छ ।

यस अघिको प्रतिनिधिसभा बैठकमा सांसद अमरेश कुमार सिंहले शेयरबजारमा विभिन्न कम्पनीमा चलखेल भएको र ति कम्पनीको शेयर मूल्यमा अस्वभाविक मूल्य वृद्धि भएको भन्दै छानबिनको माग गरेका थिए । उनले विवादित अभिव्यक्ति दिएको भन्दै ४ वटा लगानीकर्ता संघले उनी माथि नै छानबिन गरि कारवाही गर्न माग गरेका छन् । त्यस्तै पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले अहिलेको शेयर बजारको वृद्धि अस्वभाविक भएको टिप्पणी गरेका थिए ।

यस्तो अवस्थामा समितिले धितोपत्र बोर्डसँग छलफल गर्न लागेको हो ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका...

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...
spot_img