Wednesday, July 9, 2025

आज शेयर लगानीकर्ताले २ खर्ब ३० अर्ब गुमाए

spot_img
spot_img

आज मंगलबार शेयरबजारमा भारी गिरावट आउँदा शेयर लगानीकर्ताले २३० अर्ब गुमाएका छन् । बजार पुँजीकरणको आधारमा आज शेयर लगानीकर्ताको सम्पति २ खर्ब ३० अर्ब २५ करोड ३१ लाखले घटेको हो ।

आज कारोबार सुरु हुनु भन्दा अगाडी नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर बजार पुँजीकरण ४४ खर्ब ३८ अर्ब ७२ करोड रहेकोमा बजार बन्द भएपछि बजार पुँजीकरण घटेर ४२ खर्ब ८ अर्ब ४६ करोड ९५ लाख कायम भएको छ । अर्थात् शेयर लगानीकर्ताले आज २ खर्ब ३० अर्ब २५ करोड ३१ लाख गुमाएका छन् ।

आज शेयर बजार परिसूचक नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ को बिन्दुमा पुगेको छ। आज कारोबारमा आएको ३२२ कम्पनीका ५ करोड ३८ लाख ४४ हजार २ सय ३७ कित्ता शेयर खरिद बिक्रीबाट २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँ १० पैसाको कारोबार भएको छ। यो हालसम्म कै उच्च कारोबार हो । यस अघि साउन १६ , २०८१ मा शेयर बजारमा २१ अर्ब ९१ करोडको कारोबार भएको थियो । आज त्यो रेकर्ड ब्रेक भएको हो ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक १ अर्ब ३९ करोडको कारोबार भएको छ। त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ४८ करोड ३६ लाख तथा सीइडीबी हाइड्रोको ४३ करोड १८ लाखको कारोबार भएको छ।

आज थ्री स्टार हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशत तथा कुठेली बुखारी हाइड्रोको शेयर मूल्य ९.९७ प्रतिशत बढेको छ। त्यस्तै लक्ष्मी भ्यालु फण्ड २ र मेगा म्युचुअल फण्ड १ को शेयर मूल्य क्रमश ३.९४ प्रतिशत र ३.८१ प्रतिशत बढेको छ।आज नेपाल फाइनान्स र गोर्खाज फाइनान्स सहित ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ।

आज कारोबारमा आएका सबै समूहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समूह सर्वाधिक ८.२७ प्रतिशत तथा होटेल समूह ८.०३ प्रतिशत घटेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img