Thursday, July 10, 2025

२८ सयको बिन्दु छोएर शेयरबजारमा करेक्सन, हिमालयनरि र शिवम सिमेन्टको कारोबार उच्च

spot_img
spot_img

साताको अन्तिम दिन आज बिहीबार शेयरबजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ। आज नेप्से सूचक ५.२९ अंकले घटेर २७५५.६२ को बिन्दुमा पुगेर रोकिएको छ। आज बजार २८ सयको बिन्दुमा पार गरेर २८०५ को उच्चतम बिन्दुमा पुगेर फर्किएको हो ।

आज कारोबारमा आएका ३३२ कम्पनीका ५ करोड १३ लाख २१ हजार ६ सय २९ कित्ता ह्स्येरा खरिद बिक्रीबाट २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार ७ रुपैयाँ ७४ पैसाको कारोबार भएको छ। जस मध्ये हिमालयन रिन्स्योरेंसको सर्वाधिक ५९ करोड ७५ लाख तथा शिवम सिमेन्टको ४३ करोड ८१ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये एचआईडिसिएल, सिटी होटेल सहित ५ कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। आज पिपुल्स पावरको शेयर मूल्य सर्वाधिक ९.१३ प्रतिशत घटेको छ भने प्रभु बैंकको ऋणपत्रको मूल्य ८.६५ प्रतिशत घटेको छ । त्यस्तै रसुवागढी हाइड्रोको शेयर मूल्य ७.०९ प्रतिशत तथा अपार सोलु हाइड्रोको शेयर मूल्य ६.७० प्रतिशत घटेको छ।

आज कारोबारमा आएका मध्ये लाइफ इन्स्योरेन्स समूह सर्वाधिक ३.६९ प्रतिशत बढेको छ भने ट्रेडिङ समूह सर्वाधिक ३.५४ प्रतिशत घटेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img

AI चिप निर्माता NVIDIA बन्यो ४ ट्रिलियन डलर बजार पूँजीकरण पुग्ने विश्वकै पहिलो कम्पनी

एआई चिप निर्माता कम्पनी एनभिडिया कर्पोरेसनले बुधबार इतिहास रच्दै...

आज बिहीबार कुन विदेशी मुद्राको सटही दर कति ?

नेपाल राष्ट्र बैङ्कले आज बिहिबारका लागि विदेशी मुद्राको विनिमय...

मुस्ताङमा आएको बाढीले ७ वटा पुल बगायो

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि...

खानी खोला हाइड्रोको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुई अन्तर्राष्ट्रिय अवार्ड

निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचआई) ले दुई...

एसएमई कम्पनीले आईपीओ निकाल्न बिक्री प्रबन्धक नै नपाउने जोखिम, लकइनले झस्किए !

नेपाल धितोपत्र बोर्डले ल्याएको साना तथा मझौला संगठित संस्थाको...
spot_img