Monday, December 2, 2024

डिम्याट खाता नवीकरण नगरेकाहरुको मेरोशेयर पनि खुल्न छोड्यो

डिम्याट खाता नवीकरण नगरेका शेयरधनीहरुको मेरोशेयर पनि खुल्न छोडेको छ । डिम्याट खाता नवीकरण नगरेकाको हकमा आज साउन १६ गतेबाट मेरोशेयर खुल्न छोडेको हो । यस्ता लगानीकर्ताले मेरोशेयर खोल्दा डिम्याट नवीकरण गर्नको लागि आग्रह गर्ने स्क्रिन देखाउन थालेको छ।

नियम अनुसार असार मसान्तसम्म डिम्याट खाता नवीकरण गरिसक्नु पर्छ । तर सिडीएससीले लगानीकर्ताको सहजताको लागि थप १५ दिनको समय अर्थात् साउन १५ गतेसम्मको समय दिएको थियो। साउन १५ गतेसम्म डिम्याट नवीकरण नगरेको भए पनि मेरोशेयर  खुलिरहेको थियो । अब भने डिम्याट नवीकरण गरेपछि मात्र मेरोशेयर खुल्ने छ।  अब डिम्याट खाता प्रयोग गरे वापतको वार्षिक शुल्क रु १०० तिरेर  डिम्याट  खाता नवीकरण गर्नु पर्नेछ ।

डिपीहरुले जेठ देखि नै डिम्याट खाता नवीकरण गर्न सूचना जारी गरिरहेका थिए । डिपी भनेको डिम्याट खाता खोलिदिने कम्पनीहरु हुन् ।  उनीहरुले डिम्याट खाता खोल्दा नै लगानीकर्तालाई ‘धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, २०६८’ ले गरेका ब्यबस्थाहरु पालना गर्नेछु भन्ने सम्झौता गराएका हुन्छन् । सोहि ब्यबस्था अनुसार हरेक आर्थिक वर्षमा डिम्याट खाता नवीकरण गर्नु पर्ने हुन्छ ।

हरेक आर्थिक वर्षमा डिम्याट खाता नवीकरण गर्नु पर्ने प्रावधान अनुसार डिपीहरुले खाता नवीकरणको लागि आग्रह गर्ने गर्छन् । यो आर्थिक वर्ष अनुसार गरिने नवीकरण भएकोले जहिले खाता खोलेको भएपनि नवीकरण गर्नु पर्छ । खाता खोलेको एक महिना मात्र भएको भए पनि नयाँ आर्थिक वर्ष लागेपछि खाता नवीकरण गर्नु पर्छ ।

नवीकरण नगरे के हुन्छ ? 

डिम्याट खाता नवीकरण नगरेमा लगानीकर्ताले मेरो शेयरमा लग इन गर्न पाउदैनन् । यसो हुँदा मेरोशेयर मार्फत हकप्रद, आईपीओ, एफपीओ, ऋणपत्र, म्युचुअल फण्ड लगायतका सार्वजनिक निष्काशनमा आवेदन दिन पाइदैन । तर यसको लागि डिम्याट नवीकरण गरेर मात्र पुग्दैन, मेरोशेयर पनि नवीकरण गर्नु पर्छ ।  मेरोशेयर एक पटक नवीकरण गरेको थ्यक्की एक वर्ष भएपछि नवीकरण गर्नु पर्छ । अर्थात् कुनै व्यक्तिले एक वर्षको लागि भनेर २०८० वैशाखमा मेरोशेयर नवीकरण गरेको छ भने अब २०८१ वैशाखमा सोहि दिनमा मेरोशेयर नवीकरण गर्नु पर्छ ।  एकै पटक धेरै वर्षको लागि मेरोशेयर र डिम्याट पनि नवीकरण गर्न सकिने व्यवस्था छ ।

त्यस्तै डिम्याट नवीकरण नभएमा डिपीले खाता फ्रिज गरिदिन्छ । खाता फ्रिज हुँदा डिम्याट खाताबाट हुने डेबिट पक्षका कार्य रोकिन्छ । अर्थात डिम्याट खाताबाट शेयर ट्रान्सफर गर्नु पर्दा समस्या हुन्छ। शेयर बिक्रि गरिसकेपछि डिम्याट फ्रिज रहेछ भने त्यसलाई डिआईएस गरेर ट्रान्सफर गर्न मिल्दैन । डिम्याटमा रहेको शेयर ट्रान्सफर गर्न डिम्याट फ्रिज भएको हुनु हुदैन । क्रेडिट तर्फ भने कुनै समस्या पर्दैन । अर्थात् डिम्याट खाता फ्रिज रहेछ भने पनि खातामा आउनु पर्ने शेयर आउछ ।

हाल डिम्याट नवीकरण शुल्क १ सय रहेको छ भने मेरोशेयर नवीकरण शुल्क ५० रुपैयाँ रहेको छ ।

आफ्नो मेरोशेयर र डिम्याटको अवधि कति बाँकि छ र कहिले नवीकरण गर्नु पर्छ भन्ने विवरण मेरोशेयरबाट हेर्न सकिन्छ । यदि मेरोशेयरको अवधि नै सकिएको रहेछ भने मेरोशेयर खोल्ना साथ नवीकरण गर्नको लागि सिस्टमले आग्रह गर्छ । सिस्टमले दिएको निर्देशन अनुसार अनलाइन बाट नै रियल टाइममा मेरोशेयर र डिम्याट नवीकरण गर्न सकिन्छ ।

हेर्नुस डिम्याट समबन्धि थप जिज्ञासा र तिनका उत्तर : 

डिम्याट खाता भनेको हो ?

अभौतिकीकरण गरिएका शेयर भण्डारण खोलिने खाता नै डिम्याट खाता हो । यसलाई हितग्राही खाता पनि भनिन्छ । हितग्राहीले सिडिएससिमा डिम्याट खाता खोल्नको लागि डिपी मार्फत् सम्पूर्ण विवरणहरू प्रणलीमा प्रविष्टि गरेपछि प्रणलीबाट उत्पन्न हुने १६ अङ्कको पृथक परिचय नै हितग्राही परिचय नम्बर हो । यसलाई नै डिम्याट नम्बर भनिन्छ  । यो नम्बर  भविष्यमा गरिने सबै कारोबारहरूमा उल्लेख गर्नु पर्दछ । यो नम्बर नक्कल गर्न सकिदैन । अर्थात् दुई हितग्राहीहरूको समान डिम्याट नम्बर हुन सक्दैन । जसले गर्दा गलत खातामा धितोपत्रहरू हस्तान्तरण हुन सक्दैन । आईपिओमा आवेदन दिन र दोसो बजारमा  शेयर खरिद बिक्रि गर्न पनि डिम्याट अनिवार्य छ ।

के डिम्याट् खाता सोझै सिडिएससिमा खोल्न सकिन्छ ?

डिम्याट् खाता सोझै सिडिएससिमा खोल्न सकिदैन । डिपीको माध्यमबाट मात्र सिडिएससिमा डिम्याट् खाता खोल्न सकिन्छ । डिपी भनेको डिम्याट खाता खोल्ने कम्पनीहरु हुन् । जुनसुकै डिपीमा गई डिम्याट खाता खोल्न सकिन्छ । यहाँ क्लिक गरेर डिपीहरुको सुची हेर्न सकिन्छ 

सिडिएससिमा एउटा डिम्याट् खाता भएको हितग्राहीले अर्को खाता खोल्न सक्छ ?

सिडिएससिमा एउटा डिम्याट् खाता भएको हितग्राहीले अर्को डिम्याट् खाता खोल्न सक्छ । हाल एक व्यक्तिले अधिकतम २ वटा डिम्याट खाता खोल्न सक्ने ब्यबस्था छ ।

डिम्याट् खाता खोल्दा हितग्राहीलाई हुने लाभहरू के–के हुन् ?

देहाय बमोजिमका लाभहरूका कारणले सबै वर्गका हितग्राहीहरूलाई डिम्याट् खाता अत्यावश्यक छ ः

 भौतिक प्रकाणपत्रहरूमा भएका जोखिम हटाउने ः धितोपत्रहरूलाई विद्युतीय रुपमा सञ्चित गरी राख्ने हुँदा भौतिक प्रमाणपत्रहरूमा हुने विविध जोखिमहरू जस्तै ः प्रमाणपत्रहरू ओसार प्रसार गर्दा प्रमाणपत्रहरूमा हुने क्षति, प्रमाणपत्रहरू च्यातिने ÷नष्ट हुने डर, प्रमाणपत्रहरूको चोरी तथा प्रमाणपत्रहरूको नक्कल प्राप्त गर्दा लाग्ने लागत जस्ता समस्याहरू हटाउँदछ ।

 धितोपत्रहरूको तुरुन्तै हस्तान्तरण ः जब कुनै हितग्राहीले धितोपत्रहरू खरिद गर्दछ, त्यस्तो धितोपत्रहरूलाई हितग्राहीको खातामा तुरुन्तै जम्मा गरिन्छ र खरिद गर्ने हितग्राहीले ती धितोपत्रहरूको वैधानिक रूपमा स्वामित्व प्राप्त गर्दछ । धितोपत्रको स्वामित्व हस्तान्तरण गराउनका लागि च्त्ब् सकक्ष पठाउनु पर्ने आवश्यकता हुुँदैन । साथै च्त्ब् को पुस्तिकामा भएको धितोपत्रहरूको वैधानिक स्वामित्व प्राप्त व्यक्ति हुनका लागि लामो समय सम्म प्रतिक्षा गर्नु पर्दैन ।

 शीघ्र फछ्र्यौट चक्र ः धितोपत्रहरूलाई कारोबार भएको ३ दिन (त्+घ) को फछ्र्यौट चक्र अवधिमा अभौतिक रूपमा फछ्र्यौट गरिन्छ र फछ्र्यौट चक्र अवधिको अन्तिम दिनमा खरिदकर्ताको दातामा जम्मा गरिन्छ जसले गर्दा फछ्र्यौट चक्र शीघ्र हुने कुरा निश्चित हुन्छ ।

 आईपिओ निष्काशन हुँदा पाइने शेयरहरूको शीघ्र विवरण ः सिडिएससिमा खाता भएका हितग्राहीहरूलाई प्राथमिक निष्काशन कम्पनीले .वितरण गरेको धितोपत्रहरू वितरण गर्नासाथ सम्बन्धित हितग्राहीको खातामा तुरुन्तै जम्मा गरिन्छ । जसले गर्दा हितग्राहीले निष्काशन कम्पनीबाट प्रमाणपत्र प्राप्त गर्न प्रतिक्षा गर्नु पर्दैन । यसले धितोपत्रहरूलाई स्टक एक्स्चेन्जमा शीघ्र सूचीत गर्नमा सहयोग पु¥याउँछ ।

 पोर्टफोलियो व्यवस्थापनमा सहजता ः हितग्रहीलाई खाताको विवरण आवधिक रुपमा प्रदान गरिने हुनाले आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्न तथा आफ्नो धितोपत्रको बारेमा विस्तृत जानकारी सहज रुपमा प्राप्त गर्न सक्षम गराउँछ ।

 ठेगना परिवर्तनको समस्याको निदान ः हितग्राहीको ठेगाना परिर्वतन भएको अवस्थामा आफूले ग्रहण गरेको धितोपत्रहरूको छुट्टा छुट्टै रुपमा पत्रचार गरी जानकारी गराई रहनु पर्ने आवश्यकता हुँदैन । हितग्राहीले परिर्वतन भएको ठेगना म्ए समक्ष दर्ता गरे पुग्छ । ठेगना परिवर्तन भएको कुराको जानकारी हितग्राहीले धितोपत्र ग्रहण गरेको सबै कम्पनीहरूमा उपलब्ध गर्ने व्यवस्था गरिन्छ ।

 धितोपत्रहरूको बन्धकीमा सहजता ः अभौतिक रुपमा परिणत गरिएका धितोपत्रहरू बन्धकी राखिएको अवस्थामा त्यस्ता धितोपत्रहरूको बन्धकी खाता रोक्का गरिन्छ र धितोपत्रहरूको बन्धक राख्ने बेलामा बन्धकी राख्ने वा बन्धकी लिने कसैको पनि धितोपहरूको स्थानान्तरण गर्नु पर्दैन ।

सिडिएससिमा सूचीकृत सबै धितोपत्रहरू एउटै हितग्राहीको नाममा दर्ता भएको अवस्थामा एउटै डिम्याट् खातामा अभौतिकीकरण गरेर राख्न सकिन्छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजारमा अधिक तरलता: राष्ट्र बैंकले ५० अर्ब खिच्न खोज्दा बैंकहरु ६४ अर्ब दिन तयार

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट...

जीवन बीमा कम्पनीको व्यवसाय: नेपाल लाइफ शिर्ष स्थानमा, सन लाइफ लास्ट (सूचीसहित)

चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा जीवन बीमा...

१० वटा ब्रोकरको लगानी रहेको नेपाल डिपिद्वारा लुम्बिनी लायन्सलाई प्रायोजन 

१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवद्र्धन गरेको पब्लिक कम्पनी नेपाल...

लक्ष्मी सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित 

लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा...

शेयरबजारमा गिरावट, सबै विकास बैंकको मूल्य बढ्यो

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से...

सोलार उर्जा उत्पादनको ठेक्का विवादमा सर्वोच्चको यस्तो आदेश

नेपाल विद्युत प्राधिकरणले खुलाएको सौर्य उर्जा उत्पादको ठेक्का प्रक्रिया...
spot_img