spot_img

शेयरबजारमा करेक्सन: १९ अर्ब ६० करोडको किनबेच, शिवम सिमेन्टको कारोबार उच्च

spot_img

आज सोमबार शेयर बजारमा करेक्सन आएको छ। आज शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको हो । आज नेप्से सूचक २०.४६ अंकले घटेर २६६१.०९ को बिन्दुमा पुगेको छ।

आज कारोबारमा आएका ३२५ कम्पनीका ४ करोड ७७ लाख ९० हजार ८ सय ३७ कित्ता शेयर खरिद बिक्रीबाट १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार १ सय ६ रुपैयाँ २९ पैसाको कारोबार भएको छ। जस मध्ये शिवम सिमेन्टको सर्वाधिक ६१ करोड १२ लाख तथा कुमारी बैंकको ५५ करोड २२ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये नेपाल फाइनान्सको शेयर मूल्य सर्वाधिक ९.७७ प्रतिशत बढेको छ भने मन्दाकिनी हाइड्रोको शेयर मूल्य ८.५८ प्रतिशत बढेको छ। त्यस्तै बाराही हाइड्रोको शेयर मूल्य ८.१६ प्रतिशत तथा जानकी फाइनान्सको शेयर मूल्य ६.८० प्रतिशत बढेको छ।

आज कारोबारमा आएका मध्ये आरम्भ चौतारी लघुवित्तको शेयर मूल्य सर्वाधिक ८.३५ प्रतिशत तथा बोटलर्स नेपाल बालाजुको शेयर मूल्य ७.९९ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका समूहगत सूचक मध्ये फाइनान्स र हाइड्रो बाहेकका सबै समूहगत सूचक घटेका छन् । आज फाइनान्स समूह १.८८ प्रतिशत तथा हाइड्रो समूह ०.८१ प्रतिशत बढेको छ ।

आज ट्रेडिङ समूह सर्वाधिक ४.५४ प्रतिशत तथा लघुवित्त समूह ३.७१ प्रतिशत घटेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...