Thursday, June 25, 2026
spot_img

शेयरबजारमा दोहोरो अंकको वृद्धि, लघुवित्त समूहमा लगानीकर्ताको अत्याधिक आकर्षण

spot_img
spot_img

साताको अन्तिम दिन आज बिहीबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ३२ अंकले बढेर २५६८.११ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३२० कम्पनीका ३ करोड ५५ लाख ९४ हजार ८ सय ६८ कित्ता शेयर खरिद बिक्रीबाट १४ अर्ब १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँ २८ पैसाको कारोबार भएको छ। जस मध्ये सानिमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक ३४ करोड १७ लाखको कारोबार भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको २४ करोड ६४ लाखको कारोबार भएको छ। त्यस्तै शिवम सिमेन्टको २३ करोड ७२ लाख तथा फर्स्ट माइक्रोफाइनान्सको २३ करोड ५९ लाखको कारोबार भएको छ।

आज उपकार लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै जीवन विकास लघुवित्त र एशियन हाइड्रोको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। त्यस्तै गणपति लघुवित्तको शेयर मूल्य ९.९७ प्रतिशत बढेको छ ।

आज मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक ७.६५ प्रतिशत घटेको छ भने मान्डु हाइड्रोको शेयर मूल्य ४.६८ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये इन्भेष्टमेन्ट समुह सर्वाधिक ०.७३ प्रतिशत घटेको छ भने विकास बैंक समुह ०.३५ प्रतिशत घटेको छ । आज लघुवित्त समुह सर्वाधिक ६.८३ प्रतिशत बढेको छ भने निर्जीवन बीमा समुह २.९५ प्रतिशत बढेको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...
spot_img