होटेल फरेस्ट इन् लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ। फागुन १० गते आइतबारदेखि लागु हुने गरि कम्पनीले एनआईसी एशिया क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो।
यस संगै होटेल फरेस्ट इन् लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरूको लगत अद्यावधिक गर्ने जस्ता सम्पूर्ण शेयर रजिष्ट्रार सम्बन्धी सेवा एनआईसी एशिया क्यापिटलले प्रदान गर्ने छ।
यस कम्पनीले माघ २२ गतेदेखि माघ २६ गतेसम्म आम सर्वसाधारणलाई ३३ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओ फागुन ४ गते बाँडफाँड भईसकेको छ।
अब आईपीओ परेका शेयर लगानीकर्ताको खातामा आएपछि र नेप्सेमा सुचिकृत भएपछि कम्पनीको शेयर कारोबार सुरु हुनेछ ।












