माउन्टेन इनर्जी नेपाल लिमिटेडमा १ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या ११ रहेको छ। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि ११ शेयरधनीसंग मात्र १ प्रतिशतभन्दा धेरै शेयर रहेको देखिएको हो।
कम्पनीमा प्रदिप जंग पाण्डेको सर्वाधिक २.९२ प्रतिशत शेयर स्वामित्व रहेको छ भने मनोहर दास मूलको २.५० प्रतिशत तथा अरुण कुमार केसीको १.९८ प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै श्रीवृद्धि होल्डिंग कम्पनी प्रालिको १.८७ प्रतिशत, सिताराम तिमल्सिनाको १.५५ प्रतिशत तथा साजन शर्माको १.६६ प्रतिशत शेयर स्वामित्व रहेको छ।
कम्पनीमा लेभरेज होल्डिंग प्रालिको २.८४ प्रतिशत, श्रीनिवास होल्डिंग कम्पनीको १.५९ प्रतिशत तथा तेन्जिन जोपा लामाको १.१३ प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै कम्पनीमा आशुतोष खेतानको १.२० प्रतिशत तथा अनिन राजभण्डारीको १.०१ प्रतिशत शेयर स्वामित्व रहेको छ।
यी मध्ये श्रीवृद्धि होल्डिंग कम्पनी, साजन शर्मा र श्रीनिवास होल्डिंग कम्पनी आर्थिक वर्ष २०८१/८२ मा ठूला शेयरधनीको रुपमा भित्रिएका हुन् ।












