नेपाल स्टक एक्सचेन्ज नेप्सेले “NEPSE AI” नामक एप आफुले उत्पादन नगरेको स्पष्ट पारेको छ । नेप्सेले “NEPSE AI” नामक कुनै एप वा सेवा नेपाल स्टक एक्सचेन्जको आधिकारिक उत्पादन वा सेवा नभएको जनाएको हो। साथै हालसम्म कुनै पनि मोबाइल एप मार्फत प्रत्यक्ष शेयर कारोबारको सुविधा प्रदान नगरेको पनि नेप्सेले जनाएको छ।
हालै सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत “NEPSE AI” नामक एप प्रयोग गरी “यहाँ क्लिक गर्नुहोस् र Al बाट शेयर विश्लेषण वा कारोबार गर्नुहोस् भन्ने किसिमको भ्रामक तथा झुटा सन्देश पठाई, केही व्यक्तिलाई धोका दिई रकम ठगी समेत गरेको जानकारी प्राप्त हुन आएको भन्दै नेप्सेले यसबारे प्रष्ट पारेको हो।
नेप्सेले यस प्रकारका भ्रामक सन्देश लिड़क वा एपहरुमा क्लिक नगर्न, कुनै पनि व्यक्तिगत विवरण (बैंक खाता, पासवर्ड, OTP आदि) प्रदान नगर्न र आर्थिक कारोबार नगर्न सम्पूर्ण सबैमा अनुरोध गरेको छ। यस प्रकारको शंकास्पद गतिविधि देखिएमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा नेपाल स्टक एक्सचेन्जमा जानकारी गराउन नेप्सेले आग्रह गरेको छ ।












