हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले पुस ८ गते बोर्डमा आवेदन दिएको हो।
कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग गरेको हो। कम्पनीले प्रति कित्ता ३५८.८५ रुपैयाँमा २० लाख ७५ हजार कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो। जसबाट कम्पनीले ७४ करोड ४६ लाख १३ हजार ७ सय ५० रुपैयाँ संकलन गर्ने छ। शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
यो कम्पनी गोल्छा ग्रुप अन्तर्गतको कम्पनी हो । कम्पनीले नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज सम्बन्धि कार्य गर्ने स्वीकृति पाएको छ । कम्पनीले सवारीसाधन, इलेक्ट्रोनिक्स सामग्री, फर्निचर, ल्यापटप लगायतमा फाइनान्स सुविधा प्रदान गर्दै आएको छ । कम्पनीको अध्यक्ष शेखर गोल्छा हुन् भने अन्य संचालकमा सीमा गोल्छा, अभिमन्यु गोल्छा, श्रेया गिरी र अमिताभ अग्रवाल रहेका छन् ।












