विजय लघुवित्तले आज पुस २१ गतेदेखि एफपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८ सय १७ कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा शेयर निष्काशन गरेको छ।
यस निष्काशनमा आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले पुस २४ गतेसम्म आवेदन दिन सक्ने छन् ।
नेपाल धितपत्र बोर्डले मङ्सिर १४ गते कम्पनीलाई एफपीओ निष्काशनको अनुमति दिएको थियो । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
एफपीओ निष्काशनपछि कम्पनीमा संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०:३० कायम हुने छ।











