Sunday, December 28, 2025
spot_img

रिज लाइन इनर्जीको पहिलो चरणको आईपीओ आजदेखि

spot_img

रिज लाइन इनर्जी लिमिटेडले आज पुस १३ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित गोरखा तथा लमजुङका स्थानीय र  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निष्काशन गरेको छ । कम्पनीले गोरखा जिल्ला अजिरकोट गाउँपालिकाका सम्पूर्ण वडाका स्थानीय, लमजुङ दुधपोखरी गाउँपालिकाका वडा नम्बर १,२, र ३ का स्थानीय तथा दोर्दी गाउँपालिकाका वडा नम्बर ४,५,र ६ का स्थानीयलाई ११ लाख ८५ हजार कित्ता शेयर निष्काशन गरेको छ।  यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा पुस २८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ १२ गतेसम्म आवेदन दिन सक्ने छन्।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई  १ लाख ४२ हजार २ सय कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा पुस १७ गतेसम्म आवेदन दिन सकिने छ ।

त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर २२ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। यस कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० माघदेखि व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले ११ मेगावाटको दुधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ ।

यस कम्पनीका अध्यक्ष डा. बसन्त गिरी हुन् भने अन्य संचालकमा प्रदिप राज गिरी, नारायण कंडेल, दिपेन्द्र हमाल, प्रतिमा तिवारी, र अशोक कुमार खड्का रहेका छन् । डा. विनोद पोखरेल कम्पनीका स्वतन्त्र संचालक हुन् ।

कम्पनीमा सोपान मल्टिपलको १० लाख कित्ता शेयर लगानी रहेको छ भने मुक्तिनाथ क्यापिटलको २० लाख कित्ता शेयर लगानी रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज पुस १३ गते आइतबार ५ वटा कम्पनीको लाभांश...

मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु

रौतहटस्थित एक मदिरा उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको...

एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा विशेष छुट

एनआईसी एशिया बैंक र आईएमई हस्पिटालिटी प्रा. लि. बीच...

५ लाख ८३ हजार ९ सयले भरे रिलायन्स स्पिनिङ्गको आईपीओ, २५ अर्ब बढीको आवेदन

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग...

नेटवर्थ सुधारेर ठमेल प्लाजा होटेलले फेरि माग्यो आईपीओ निष्काशन अनुमति

ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्काशन गर्नको...

रिहा भए प्रभु बैंकका सीइओ शेरचन

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रिहा भएका...
spot_img
spot_img