ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि फेरि धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले कार्तिक २१ गते बोर्डमा आवेदन दिएको हो।
कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो। शेयर निष्काशनको लागि नेपाल एसबिआई बैंकलाई बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले यस अघि नै आवेदन दिएको भएपनि नेटवर्थ ९० रुपैयाँभन्दा कम रहेको भन्दै बोर्डले आईपीओको पाईपलाइनबाट हटाइदिएको थियो। अहिले कम्पनीले नेटवर्थ ९० रुपैयाँभन्दा माथि पुर्याएर फेरि आवेदन दिएको हो।
यस कम्पनीले ठमेलमा ‘रमादा इन्कोर काठमाडौँ ठमेल’ को नामबाट ४ तारे होटेल संचालन गरिरहेको छ। कम्पनीका अध्यक्ष जगन्नाथ ज्ञवाली हुन् । कम्पनीमा उनको ५६ प्रतिशत शेयर स्वामित्व रहेको छ।












