चौलानी ग्रुप अन्तर्गतको क्लब चौलानी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्नको लागि गरिमा क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।
सम्झौता पत्रमा क्लव चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष राजेन्द्र के.सी. तथा गरिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले हस्ताक्षर गरेका छन्। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारण लाई निष्काशन गर्न लागेको हो।
२०६५ साल वैशाख २५ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएको क्लव चौलानी लिमिटेड
२०८१ साल पौष २२ गते पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो। यस कम्पनीले धनगढीमा ८० कोठा सहितमा पाँच तारे होटेल निर्माण गरिरहेको छ। यो होटेल निर्माण सम्पन्न भएपछि लेमन ट्री होटेलको नामबाट संचालनमा आउने छ । निर्माण सम्पन्न भएपछि सुदूरपश्चिम प्रदेशकै नमूना र पहिलो पाँच तारे होटल बन्ने छ ।












