रिचेत जलविद्युत कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै फेरि धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले कार्तिक ३० गते आवेदन दिएको हो।
यस अघि धितोपत्र बोर्डले ९० रुपैयाँभन्दा कम नेटवर्थ रहेको भन्दै सो कम्पनीलाई धितोपत्र बोर्डले पाईपलाइनबाट हटाएको थियो। कम्पनीले नेट वर्थ ९० रुपैयाँ माथि पुर्याएर कम्पनीले फेरि आवेदन दिएको बोर्डले जनाएको छ।
कम्पनीले १६ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको १६ लाख ८९ हजार ५ सय कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो। शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
कम्पनीले गोरर्खा जिल्लाको रिचेत खोलामा निर्माण गरेकाे ५ मेगावाटको रिचेत खोला स्मल जलविद्युत आयोजनाले २०७८ साउन २८ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।












