Saturday, January 10, 2026
spot_img

ओम मेगाश्री फर्मासुटिकल्सको आईपीओमा मागभन्दा १६ गुणा बढीको आवेदन

spot_img

ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडले निष्काशन गरेको आईपीओमा माग भन्दा १६ गुणा बढीको आवेदन परेको छ। आवेदन दिने अन्तिम दिन आज आइतबार साँझसम्ममा कम्पनीको आईपीओमा १९ लाख ८५ हजार ६ सय ६३ जना आवेदकबाट २ करोड ३६ लाख ५९ हजार १ सय २० कित्ताको लागि आवेदन परेको हो ।

यो माग गरिएको भन्दा १६.०२ गुणा बढीको आवेदन परेको हो । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथा मार्फत बाँडफाँड हुने छ। जसमा १ लाख ४७ हजार ६ सय जनाले मात्र १० कित्ताको दरले शेयर पाउने छन्  । बाँकि आवेदन हात खाली हुने छन् ।

कम्पनीले फागुन २७ गतेदेखि आज चैत्र ३ गतेसम्म  आम सर्वसाधारणलाई १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गरेको हो ।  शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफांड गरिसकेको छ ।  नेपाल धितोपत्र बोर्डले माघ ३ गते कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो ।

यो ओम मेगाश्री औषधि उत्पादन गर्ने कम्पनी हो ।  यस कम्पनीमा गैरआवासीय नेपाली समेतको लगानी छ। झण्डै सवा अर्ब लगानीमा सुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ । कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ हुन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आगामी चुनावमा आशिका तामाङले काठमाडौँबाट स्वतन्त्र उम्मेदवारी दिने

सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी...

साझा पावर कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

साझा पावर कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारणसभा आज होटल...

सन नेपाल लाइफ इन्स्योरेन्सको आठौँ तथा नवौँ सााधारणसभा सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ तथा नवौँ...

स्वावलम्बन लघुवित्तको साधारणसभा सम्पन्न

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २३ औं वार्षिक साधारण...

वायुसेवा सञ्चालक संघको अध्यक्षमा पाण्डे र महासचिवमा जोशी, यस्तो बन्यो नयाँ कार्यसमिति

वायुसेवा सञ्चालक संघ (आवन) को अध्यक्षमा प्रतापजंग पाण्डे सर्वसम्मत...

गोरखा १ बाट चुनाव लड्ने सुदन गुरूङको घोषणा

हामी नेपाल संस्थाका संस्थापक सुदन गुरूङले आगामी प्रतिनिधिसभा निर्वाचनमा...
spot_img
spot_img