Sunday, May 10, 2026
spot_img

थप ५ सिमेन्ट कम्पनी आईपीओको अनुमति कुर्दै, कुन कस्ता ?

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा थप ५ सिमेन्ट कम्पनी सूचीकृत हुने तयारीमा रहेका छन् । यी ५ कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिईसकेका छन् । बोर्डबाट अनुमति पाएपछि यी कम्पनीले आईपीओ निष्काशन गर्ने छन् ।

हाल शौर्य सिमेन्ट इन्डस्ट्रीज लिमिटेड, मारुती सिमेन्ट्स लिमिटेड, पाल्पा सिमेन्ट इन्डस्ट्रीज लिमिटेड, भुगर्व सिमेन्ट लिमिटेड र ऋद्धिसिद्धि सिमेन्ट लिमिटेडले आईपीओको निष्काशनको लागि धितोपत्र बोर्डको अनुमतिको पखाईमा छन् । यी मध्ये ३ कम्पनीले प्रिमियम मूल्यमा शेयर निष्काशनको प्रस्ताव गरेका छन् ।

शौर्य सिमेन्ट इन्डस्ट्रीज लिमिटेड

शौर्य सिमेन्टले १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीले प्रिमियम मूल्य सहित प्रति कित्ता २६४ रुपैयाँ ५१ पैसामा शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ। सोहि मूल्यमा शेयर निष्काशनको अनुमति पाए कम्पनीले आईपीओ मार्फत कुल ४ अर्ब २२ करोड ७२ लाख ६६ हजार  ५ सय ६५ रुपैयाँ जुटाउने छ । यो कम्पनी सन् २०१७ मा प्रालिको रुपमा दर्ता भएकोमा सन् २०२२ मा पब्लिक कम्पनी बनेको हो । यस कम्पनीमा शंकर ग्रुप, अम्बे ग्रुप र गोल्छा ग्रुपको लगानी छ। कम्पनीको फ्याक्ट्री सिरहाको मिर्चैयामा रहेको छ। कम्पनीले पीपीसी, ओपीसी र पीएससी सिमेन्ट उत्पादन गर्दै आईरहेको छ । कम्पनीको दैनिक उत्पादन क्षमता ३५ सय मेट्रिक टन रहेको छ। हाल कम्पनीका अध्यक्ष सुलभ अग्रवाल छन् ।

मारुती सिमेन्ट्स लिमिटेड

मारुतीले १ करोड १६ लाख कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीले प्रिमियम मूल्य सहित प्रति कित्ता ३७७ रुपैयाँमा शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ। सोहि मूल्यमा शेयर निष्काशनको अनुमति पाए कम्पनीले आईपीओ मार्फत कुल ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ जुटाउने छ । यो कम्पनीको सन् १९९४ मा स्थापना भएको हो। अहिलेको व्यवस्थापनले सन् २००५ मा यो कम्पनीले टेकओभर गरेको हो । यस कम्पनीको फ्याक्ट्री पनि सिरहामा रहेको छ। यस कम्पनीमा राठी ग्रुप र गोयल ग्रुपको लगानी रहेको छ। कम्पनीले हाल ओपीसी सिमेन्ट उत्पादन गरिरहेको छ भने पीपीसी सिमेन्ट उत्पादन गर्ने तयारीमा रहेको छ। कम्पनीका अध्यक्ष नन्द किशोर राठी हुन् ।

पाल्पा सिमेन्ट इन्डस्ट्रीज लिमिटेड

पाल्पा सिमेन्टले ७५ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँ मै शेयर निष्काशन गर्ने तयारी गरेकोले कम्पनीले आईपीओ मार्फत कुल ७५ करोड रुपैयाँ संकलन गर्ने छ। यो कम्पनी सन् २००९ मा स्थापना भएको हो। कम्पनीको फ्याक्ट्री नवलपरासीमा रहेको छ।  कम्पनीले तानसेन ब्राण्डमा पीपीसी, ओपीसी र पीएससी सिमेन्टको उत्पादन तथा बिक्री गरिरहेको छ।  कम्पनीमा आरएमसी ग्रुपको लगानी छ।

भूगर्व सिमेन्ट 

भूगर्व सिमेन्टले १२ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशनको प्रस्ताव गरेको हो । कम्पनीले प्रति शेयर १ सय रुपैयाँमा शेयर निष्काशन गर्ने भएकोले कम्पनीले आईपीओ मार्फत कुल १२ करोड ६२ लाख ५० हजार रुपैयाँ संकलन गर्ने छ। यो कम्पनी सन् २०१६ मा स्थापना भएको हो । सन् २०२३ मा कम्पनी पब्लिक कम्पनीको रुपमा परिणत भएको थियो । कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आईरहेको छ। कम्पनीका अध्यक्ष नन्दी किशोर पौडेल हुन् । कम्पनीको फ्याक्ट्री कपिलवस्तुको चन्द्रौटामा रहेको छ।

रिद्धिसिद्धि सिमेन्ट

रिद्धिसिद्धि सिमेन्टले १ करोड २१ लाख ७१ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीले प्रिमियम मूल्य सहित प्रति कित्ता २१४.१० रुपैयाँमा शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ। सोहि मूल्यमा शेयर निष्काशनको अनुमति पाए कम्पनीले आईपीओ मार्फत कुल २ अर्ब ६० करोड ५९ लाख १८ हजार १ सय ५० रुपैयाँ जुटाउने छ । यो कम्पनी सन् २०१३ मा स्थापना भएको हो । यो कम्पनीमा शंकर ग्रुप र अम्बे ग्रुपको लगानी रहेको छ। कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ।  कम्पनीको फ्याक्ट्री हेटौडामा रहेको छ।  कम्पनीका अध्यक्ष शंकरलाल अग्रवाल हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३९ वर्षीया लौरा बनिन् कोस्टारिकाको राष्ट्रपति, अपराध नियन्त्रणको मुद्दाले विजयी

कोस्टारिकाले आफ्नो इतिहासमा दोस्रो महिला राष्ट्रपतिको रूपमा ३९ वर्षीया...

‘भ्याटको दर १३ बाट १० प्रतिशतमा झार्नुपर्छ, १० लाख सम्मको कमाईमा कर छुट दिनुपर्छ’

अहिलेको सरकारलाई प्रोग्रेसिभ कर प्रणालीको सुरुवात गर्ने र कार्यान्वयन...

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स निलम्बन गर्न सिफारिस

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३१ चालकको सवारीचालक अनुमतिपत्र...

सुनको भाउ घट्यो

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला...

आज यी स्थानमा मेघगर्जनसहित पानी पर्ने

आइतबार पनि देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का...
spot_img