श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १.८६५९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.०९८२ प्रतिशत नगद लाभांश गरि कुल १.९६४१ प्रतिशत लाभांश घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ९८ करोड १६ लाख रहेको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।









