आज मङ्सिर १३ गते दुई वटा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज सपोर्ट लघुवित्त र फरवार्ड माइक्रो फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
यी दुवै कम्पनीले साधरणसभा प्रयोजनको लागि मङ्सिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
सपोर्ट लघुवित्तले पुस ६ गते साधारणसभा बोलाएको छ। कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको १३.७७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७२५ प्रतिशत नगद लाभांश गरि कुल १४.५० प्रतिशत लाभांश घोषणा गरेको छ। हाल लघुवित्तको चुक्ता पुँजी १० करोड ७६ लाख रहेको छ। लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
फरवार्डले मङ्सिर २८ गते शुक्रबार सुनसरीमा साधारणसभा बोलाएको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।









