एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर ११ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
त्यस्तै कम्पनीले बोनस पश्चात कायम हुने चुक्ता पुँजीको १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ । कम्पनीले आगामी साधारणसभामा हकप्रद प्रस्ताव लैजाने छ । कम्पनीले पुस १२ गते साधारणसभा आह्वान गरेको छ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर २० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।









