युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर ६ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
त्यस्तै कम्पनीले बोनस पश्चात कायम हुने चुक्ता पुँजीको १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ । विद्युत नियमन आयोगले स्वीकृति दिएपछि कम्पनीले आगामी साधारणसभामा हकप्रद प्रस्ताव लैजाने छ ।









