Saturday, April 26, 2025
spot_img

बिन्ध्यवासीनी हाइड्रोको लाभांश घोषणा, साधारणसभा आह्वान

बिन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी  लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक १३ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ८ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले मङ्सिर ६ गते साधारणसभा गर्ने भएको छ। कम्पनीले साधारणसभाको लागि कार्तिक २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक २७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

सामान्य प्रस्ताव:
(क) सञ्चालक समितिको आ. व. २०८०/०८१ वार्षिक प्रतिवेदनमा छलफल गरी स्वीकृत गर्ने ।

(ख) कम्पनीको आ.व. २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण छलफल गरी अनुमोदन गर्ने ।

(ग) आ. व. २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र नीजको पारीश्रमिक तोक्ने ।

विशेष प्रस्तावः
(घ) कम्पनीको चुक्ता पूँजीको ८% शेयर लाभांश वितरण गर्ने सम्बन्धी विशेष प्रस्ताव ।

(ङ) कम्पनी ऐन बमोजिम कम्पनीको सञ्चालक समितिको संख्या संशोधन गर्ने सम्वन्धी विशेष प्रस्ताव ।

(च) विविध ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

छ्याङ्दी हाइड्रोले पायो हकप्रद निष्काशन अनुमति

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल...

भू–उपग्रह प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गरिने

नेपाल मैदा उद्योग संघ र भारतको एग्रीवाच कम्पनीबीच कषि...

सहकारी प्राधिकरणले अब गति लिन्छ, अभियानका जायज माग सम्बोधन हुन्छन् : मन्त्री अधिकारी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले...

१ खर्बको वैकल्पिक विकास परिचालन विधेयक संसदमा प्रस्तुत

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ...

‘निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर निजी र प्रतिस्पर्धात्मक व्यवस्था ल्याउनुपर्छ’

प्रा.डा.गोपिलाल न्यौपानेले निःशुल्क सार्वजनिक शिक्षा पद्धतिलाई खारेज गरेर नीजि...

यो वर्ष ५ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ, निजी क्षेत्रका समस्या बजेटबाट सम्बोधन हुन्छः डा. खतिवडा

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा....
spot_img