चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ८ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत ४ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
कम्पनीले पुस ३० गते साधारणसभा गर्ने भएको छ। कम्पनीले साधारणसभाको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।












