कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश प्रस्ताव गरेको हो।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ४० लाख ५४ हजार २ सय ५० रुपैयाँ रहेको छ। शेयर बजारमा हाइड्रोहरु मध्ये कुथेलीको शेयर मूल्य सबैभन्दा उच्च छ।












