Thursday, November 13, 2025
spot_img

८ वाणिज्य बैंक सहित ३५ कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ? (सूचीसहित)

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेका छन्। आज कार्तिक २८ बिहान ११ बजेसम्ममा कुल ३५ सूचीकृत कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

हालसम्म लाभांश घोषणा गरेका ३५ कम्पनी मध्ये ८ वटा वाणिज्य बैंक रहेका छन् भने ५ वटा विकास बैंक रहेका छन् । पूर्वाधार विकास बैंक निफ्राले पनि लाभांश घोषणा गरेको छ। त्यस्तै दुई वटा फाइनान्स कम्पनी र तीन वटा लघुवित्तले पनि लाभांश घोषणा गरेका छन्। हाइड्रोतर्फ ८ कम्पनीले लाभांश घोषणा गरेका छन् ।

हालसम्म लाभांश घोषणा गरेका कम्पनी मध्ये युनिलिभर नेपाल लिमिटेडले सर्वाधिक १८४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडले ४२.१०५ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै  सोल्टी होटेलले ३१.५७ प्रतिशत लाभांश घोषणा गर्दा हिमालयन डिस्टिलरीले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । साहस उर्जाले २२.१०५ प्रतिशत लाभांश घोषणा गरेको छ भने माउन्टेन इनर्जी र नेपाल ल्युब आयलले समान २१.०५३ प्रतिशत लाभांश घोषणा गरेका छन् । एभरेष्ट बैंक र भगवती हाइड्रोले समान २० प्रतिशत लाभांश घोषणा गरेका छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश घोषणा गरेको छ।

लाभांश घोषणा गरेका मध्ये सबैभन्दा कम लाभांश सिंगटी हाइड्रोको रहेको छ। कम्पनीले ५ प्रतिशत लाभांश घोषणा गरेको छ। त्यस्तै सिटिजन्स बैंकले ५.२६ प्रतिशत , निफ्राले ६.३१ प्रतिशत तथा सानिमा बैंकले ७.३६ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।

हेर्नुस् कुनको लाभांश कति ?

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर बन्यो डाबर नेपाल 

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको...

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुले होटल क्राउन इम्पेरियलमा सेवा लिँदा...

कामना सेवा विकास बैंकले मनायो वार्षिकोत्सव, नयाँ निक्षेप योजना सार्वजनिक

कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सव...

काठमाडौँमा अन्तर्राष्ट्रिय कर सम्मेलन हुँदै

नेपाल च्याम्बर अफ ट्याक्स कन्सल्टेन्ट्स (NCTC) ले काठमाडौँमा अन्तर्राष्ट्रिय...

फेरि उद्योगी तर्साउँदै कुलमान: ‘उद्योग होइनौ’ भन्दै एसेम्बल कम्पनीसँग मागे ‘ब्याक डेट’को पैसा

कार्तिक १८ गते एउटा ठूलो एसेम्बल प्लान्ट (एसेम्बल कम्पनी/उद्योग)मा...

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...
spot_img
spot_img
spot_img