एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको आज भदौ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १४ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रहेको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।











