Monday, August 31, 2026
spot_img
spot_img

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज जेठ २७ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज जेठ २७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले असार १० गते साधारणसभा आह्वान गरेको छ। कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले आर्थिक वर्ष आ.व. २०८०/८१ को मुनाफाबाट ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

१. संचालक समितिको आ.व. २०८०/८१ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. कम्पनीको आ.व. २०८०/८१ को अवधिको लागि NFRS बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/ नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने ।

३. यस कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आ.व. २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्ने ।

४. संचालक समितिले प्रस्ताव गरे बमोजिम वितरणयोग्य संञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूंजी रु. ९,१४,३२,३७,३०६/-(अक्षरेपी नौ अर्ब चौध करोड बत्तिस लाख सैतिस हजार तीन सय छ) को ८ प्रतिशत को दरले हुने रु. ७३,१४,५८,९८४.४८ (अक्षरेपी त्रिहत्तर करोड चौध लाख अन्ठाउन्न हजार नौ सय चौरासी र पैसा अठ्चालिस) नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत प्रदान गर्ने ।

५. संचालक समितिको निर्णय बमोजिम आ.व. २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गर्ने ।

विशेष प्रस्ताव :
१. कम्पनीको प्रस्तावित बिषय उपर नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने ।

२. कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आ.व. २०८०/८१ मा भएको खर्चको अनुमोदन गर्ने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टद्वारा १ करोड ११ लाख सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्ट उद्योगले १ करोड...

काठमाडौँमा ग्यास बुलेट आउने बाटो नै बन्द, अब बाहिरी जिल्लामै सिलिण्डर भरेर ल्याईने

काठमाडौँ भित्रिने प्रमुख मार्गको रुपमा रहेको पृथ्वी राजमार्ग पूर्ण...

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल चयन

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल चयन भएका छन् ।...

भोटेकोशी बाढीः खर्ब नजिकको बीमा दाबी पर्ने आँकलन, कति तयार छन् कम्पनीहरु ?

भोटेकोशी नदीमा आएको बाढीले गराएको मानवीयसँगै भौतिक क्षतिको यकिन...

रसुवा बाढी प्रभावितका लागि नाइमाद्वारा ५० लाख सहयोग

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको...

स्काईवेलको ‘नाडा अफर’ आजसम्म, यसपछि टेस्ट ड्राइभ सुरु हुने

स्काईवेल ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ‘नाडा...