आज जेठ २१ गते बुधबार दुई वटा इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
नेशनल लाइफ इन्स्योरेन्सले असार ५ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको छ।
त्यस्तै एनएलजी इन्स्योरेन्सले जेठ २९ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट २.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१३१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
साधारणसभाले पारित गरेपछि आजसम्म कायम शेयरधनीले मात्र कम्पनीले प्रदान गर्ने लाभांश पाउन सक्ने छन् ।











