हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुंजी ९,१४,३२,३७,३०६।- को ८ प्रतिशत को दरले हुन आउने रु. ७३,१४,५८,९८४.४८ (अक्षरेपी त्रिहत्तर करोड चौध लाख अन्ठाउन्न हजार नौ सय चौरासी र पैसा अठ्चालिस) नगद लाभांश (कर प्रयोजन समेतको लागि) शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।











