नेपाल हाइड्रो डेभलपर्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । पुस २५ गते साधारण सभा आह्वान गरेको कम्पनीले पुस ८ गते बुक क्लोज गर्दैछ । यसर्थ, आज पुस ७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
सभाले कम्पनीले गत वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।









