Thursday, September 3, 2026
spot_img

सगरमाथा जलविद्युत कम्पनीको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

spot_img

सगरमाथा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक कार्तिक ८ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ४.७५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश गरेको हो । कम्पनीको आगामी साधारणले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले मङ्सिर १४ गते साधारणसभा गर्ने भएको छ। कम्पनीले साधारणसभाको लागि कार्तिक २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक २५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

(१) संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८० / ०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/०८१ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने सम्बन्धमा ।

(३)आ.व.२०८१/०८२ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।

(४) संचालक समितिबाट भए गरेका निर्णय, काम कारवाहीहरु अनुमोदन गर्ने सम्बन्धमा । (५) संस्थागत सुसाशन सम्बन्धि प्रतिवेदन स्विकृत गर्ने सम्बन्धमा ।

विशेष प्रस्तावहरु :
(१) कम्पनीको चुक्तापूँजी रु. १,१२,००,००,०००/- (एक अर्व बाह्र करोड रुपैंया मात्र) को ५ प्रतिशतले हुने लाभांश (४.७५ प्रतिशत बोनश शेयर तथा ०.२५ प्रतिशत नगद लाभांश, कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव स्विकृत गर्ने सम्बन्धमा ।

(२) कम्पनीको बोनस शेयर वितरण पश्चात् पूँजी वृद्धि हुने हुँदा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने सम्बन्धमा ।

(३) कम्पनीको प्रबन्ध पत्र, नियमावली संसोधन गर्ने सम्बन्धमा ।

(४) प्रस्तावित संसोधन सम्बन्धमा नियमनकारी निकायहरुबाट कुनै फेर बदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने सम्बन्धमा ।

(५) अन्य कम्पनीमा लगानी गर्ने सम्बन्धमा ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा १ करोड १ लाख सहयोग

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले रसुवाको भोटेकोशी बाढीबाट...

नेरूडे मिर्मिरे लघुवित्तद्वारा दैवी प्रकोप उद्धार कोषमा २८ लाख २० हजार सहयोग

भोटेकोशी लगायत विभिन्न क्षेत्रमा हालै आएको बाढी तथा प्राकृतिक...

ऋणपत्र निष्काशन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

नबिल बैंक लिमिटेडले ५.५% नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र...

हिमालयन लघुवित्तद्धारा बाढी प्रभावितको लागि आर्थिक सहयोग प्रदान

हिमालयन लघुवित्त वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा...

बाढी प्रभावितको लागि नियमन आयोगद्वारा एक करोड रुपैयाँ सहयोग

विद्युत नियमन आयोगले भोटेकोशी बाढी प्रभावितको लागि प्रधानमन्त्री दैवी...

करदाता प्रोत्साहन पुरस्कारको घोषणा अब असोज १ गते

भोटेकोशी बाढीका कारण देशले भोगिरहेको विपत्ति र शोकलाई मध्यानजर...