Tuesday, June 16, 2026
spot_img

युनाइटेड मोदी हाइड्रोको एजीएम सम्पन्न, नाम परिवर्तन गरेर होल्डिङ्ग कम्पनी बन्ने

spot_img
spot_img

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड १२ औं बार्षिक साधारणसभा  आज आइतबार सम्पन्न भएको छ । कम्पनीको संचालक समितिका अध्यक्ष नविन सिलवालको अध्यक्षतामा सम्पन्न सभाले ७.३६८४२ प्रतिशत लाभांश पारित गरेको छ । जसमा ७ प्रतिशत बोनस सेयर र ०.३६८४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) रहेको छ ।

सभाले वार्षिक प्रतिवेदन,  लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०८१/०८२ का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरू पारित गरेको छ। सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८२/०८३ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण समेत गरेको छ । त्यसै गरी सभाले अन्य लगानी योग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरको छ ।

त्यसै गरी सभाले विशेष प्रस्तावहरुमा कम्पनीले अन्य कम्पनीहरूमा लगानी गर्न सहज बनाउन होल्डिङ्ग कम्पनीको रुपमा विकास गर्नको लागी कम्पनीको नाम परिवर्तन गर्ने तथा सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको जारी पुँजी बृद्घि गर्ने , हकप्रद शेयर जारी तथा निष्काशन गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि., कम्पनी रजिष्ट्रारको कार्यालय र सिडिएस एण्ड क्लियरिङ्ग लि. लगायतका नियमनकारी निकायमा आवश्यक कार्य गर्नका लागि कम्पनीको सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यसै गरी सभाले माथि उल्लेख गरे बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनहरूकम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृत गराउने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्न र नियामक निकाय तथा अन्य सरकारी कार्यालयबाट जारी नीति निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा परिमार्जन गर्नुपरेमा सो सम्बन्धमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाबाट संचालक समितिको सदस्यमा रेणुका पाण्डे र प्राप्ति अधिकारी निर्वाचित भएका छन् ।

कम्पनीले पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा ८ मा १० मेगावाट क्षमताको तल्लो मोदी १ आयोजना २०६९ मंसिर ९ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज

सरकारले ५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज...

पूर्वाधार विकास मन्त्रालयमा अटोमोवाइलसँग सम्बन्धित विभिन्न विषयमा छलफल

नाडाले पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुनिल लम्सालसँग भेट गरेको...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

राष्ट्रिय वाणिज्य बैंकद्वारा गोरखाको सिउरेनीटार र जुम्लाको सिंजामा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं...

म्यानपावरलाई विभागको निर्देशनः देशभित्रका एयरपोर्टबाट मात्रै श्रमिकलाई विदेश पठाउनू

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई निर्देशन दिँदै श्रमिकलाई विदेश...

ERC मा पदाधिकारी नहुँदा हाइड्रोले AGM गर्न पाएनन्, पारित बोनस पनि भएन लिस्टिङ

विद्युत नियमन आयोग (ERC ) मा पदाधिकारी नहुँदाको असर...
spot_img