Wednesday, August 5, 2026
spot_img

ओम मेगाश्री फर्मास्युटिकल्सको साधारणसभा सम्पन्न, यो वर्षलाई बजार विस्तारको वर्ष बनाउने

spot_img

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको १० औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज पुस ३० गते कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा सभा सम्पन्न भएको हो।

सभाले  अध्यक्ष श्रेष्ठबाट प्रस्तुत भएको आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ। त्यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको आ.व. २०८१ / ०८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरूसहितको वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व. २०८२/०८३ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गरेको छ।

सभामा अध्यक्ष श्रेष्ठले राष्ट्रिय स्वास्थ्य नीति, २०७१ ले गुणस्तरीय औषधीमा जनताको पहुँच बढाउने औषधीको समुन्नति प्रयोग गरी, अत्यावश्यक औषधी र उपकरणको राष्ट्रिय उत्पादन र वितरणलाई प्रभावकारी र जनमुखी बनाउने तथा विद्यमान प्रयोगशाला सेवा र औषधी उपकरण आदिको मापदण्डअनुसारको गुणस्तरयुक्त आपूर्ति गर्ने नीतिलाई टेवा पुयाउन सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

अध्यक्ष श्रेष्ठका अनुसार कम्पनीले औषधी व्यवस्था विभागबाट अनुमति प्राप्त भई आएका ४८ औषधीहरूको सफल बजारीकरण गरिरहेको छ भने ६ दर्जन औषधीको उत्पादन अनुमति लाइसेन्स प्राप्त गरिसकेको छ। व्यवसायिक उत्पादन प्रारम्भ भइसकेको सन्दर्भमा आगामी आ.व. २०८२/८३ लाई पूर्ण क्षमतामा उत्पादन सञ्चालन र बजार विस्तारको वर्षका रूपमा अघि बढाउने योजना बनाएका अध्यक्ष श्रेष्ठले जानकारी दिए।

उत्पादनका इकाइहरूको अधिकतम उपयोग गर्दै विभिन्न कार्डियो- डाइबेटिज, जेनरल डिभिजनका औषधीहरुको आपूर्ति वृद्धि गर्नु कम्पनीको प्रमुख लक्ष्य हुने अध्यक्ष श्रेष्ठको भनाई छ। बजारको मागअनुसार अवस्थित उत्पादनहरूकी परिमाण बढाउने र नयाँ उत्पादनहरू क्रमशः बजारमा उतार्ने तयारीमा कम्पनीको योजना रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

ओम मेगाश्रीले आर्थिक वर्ष  २०८१/८२ मा आम सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको थियो। यो कम्पनी शेयरबजारमा सूचीकृत हुने पहिलो र एकमात्र फर्मासुटिकल्स कम्पनी हो। कम्पनीले चितवनमा रहेको  उद्योगबाट विभिन्न औषधि उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुलाई अर्थमन्त्रीका प्रश्नै प्रश्न

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी...

४२ सयले महँगियो सुन, चाँदीको भाउ पनि वृद्धि

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला...

नबिलको नाफामा उल्लेख्य वृद्धि, निष्क्रिय कर्जा घट्यो

नबिल बैंकले गत आर्थिक वर्ष २०८२/०८३ मा ७ अर्ब...

ग्लोबल आईएमईको नाफा बढ्यो, प्रतिसेयर आम्दानी पनि वृद्धि

ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षमा ६ अर्ब २२...

डिजिटल प्राधिकरण अभियान: DMS र सफ्टवेयरमा आधारित बिलिङ सिस्टम सुरु

नेपाल विद्युत प्राधिकरणले आफ्नो 'डिजिटल NEA' अवधारणालाई थप सुदृढ...

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै...
spot_img