Saturday, October 4, 2025

ओम मेगाश्रीको साधारणसभा सम्पन्न, दुई संचालक निर्विरोध निर्वाचित

ओम मेगाश्री फर्मासुटिकल्स लिमिटेडको नवौं साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा चितवनको भरतपुरमा असार ६ गते शुक्रबार साधारणसभा सम्पन्न भएको हो ।

सभामा अध्यक्ष श्रेष्ठले प्रतिस्पर्धात्मक औषधि बजारमा स्वदेशी उत्पादन, गुणस्तरीय सेवा र नवप्रवर्तनमा आधारित रणनीतिका साथ अघि बढिरहेको जानकारी दिए। बजारको आवश्यकता परिपूर्ति एवम् उद्योगको थप आय वृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले कार्डियो-डाइबेटिक, जेनरल प्रोक्ट्सका साथै भेटनरी र आइ- इयर ड्रपको काममा समेत विशेष योजनासहित लागिरहेको उनले उल्लेख गरे । यसैअनुरुप भेटनरी भवन निर्माण सम्पन्न हुने क्रममा रहेको र छिट्टै सो भवनबाट भेटसम्बन्धी उत्पादनलाई बजारीकरण गरिने उनले जानकारी दिए।

साधारणसभामा सर्वसाधारण शेयरधनीका तर्फबाट बोल्दै राजेन्द्र खरेलले नेपाली स्वास्थ्य एवम् औषधि क्षेत्रमा कम्पनीको विशेष योगदान रहेको र कम्पनीले राष्ट्रका लागि नयाँ सोचका साथ काम गरेको हुँदा यसमा लगानी गर्नु राम्रो अवसर भएको बताए।

साधारणसभामा भरतपुर महानगरपालिका वडा नं. २९ का वडाध्यक्ष सूर्यबहादुर गुरुङले कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठसहितको टिमले वडा र स्थानीय जनतालाई लगाएको गुन सम्मानयोग्य भएको बताए । गुरुङले ओम मेगाश्री फर्मास्युटिकल्सको स्थापनाले वडा र त्यस क्षेत्रका सडक, खानेपानी, विद्युत्का साथै स्थानीय जनतालाई रोजगारीमा समेत आबद्ध गरी विशेष टेवा पुर्‍याएको बताए। एक व्यक्ति र उसले देखेको सपनाले यति धेरै काम गर्न सक्ने भएकोले सबैले यसरी नै काम गर्ने हो भने देश समृद्ध हुन समय नलाग्ने उनले उल्लेख गरे।

साधारणसभामा प्रभु बैङ्क बागमती प्रदेश प्रमुख साङ्ग्रिला श्रेष्ठ, प्रभु क्यापिटल लिमिटेडका चिफ बिजनेश अफिसर वासु थपलिया, कम्पनीका संस्थापक निर्देशक एवम् सञ्चालक द्वय कमल पन्थी, अर्जुन प्रसाद काफ्ले लगायतले मन्तव्य राखेका थिए ।

कम्पनी सचिव जानकी किरण श्रेष्ठद्वारा सञ्चालित कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक नेत्रनाथ पौडेलले स्वागत मन्तव्य राखेका थिए । सभामा कम्पनीका कानुनी सल्लाहकार अधिवक्ता धर्मराज खनालले कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ र उनको टिमले गरेको कामलाई केही समयअघि नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालित लायन्सको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुक्तकण्ठले प्रशंसा गरेको उल्लेख गर्दै राष्ट्रले चाहेको र खोजेको समृद्धिको ज्वलन्त उदाहरण ओम मेगाश्री र सोको नेतृत्वकर्ता अर्जुन श्रेष्ठ जस्तो भएको बताए ।

साधारणसभाले आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन, र लेखापरीक्षकको प्रतिवेदनसहित कम्पनीको आ.व. २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरूसहितको वित्तीय विवरण पारित गरेको छ। त्यस्तै सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व. २०७१/०८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति गरेको छ।

विशेष प्रस्ताव अन्तर्गत सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने , संचालकको पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा निर्धारण गर्ने र वार्षिक साधारण सभाले गरेको संशोधनको सम्बन्धमा नियामक निकायबाट कुनै संशोधन वा हेरफेर गर्न निर्देशन दिएको खण्डमा सोबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

सर्वसाधारण समूहबाट नव निर्वाचित संचालक
सर्वसाधारण समूहबाट नव निर्वाचित संचालक

साधारणसभाले सर्वसाधारण समूहबाट चिराग अग्रवाल र रुबिना श्रेष्ठलाई निर्विरोध रुपमा संचालक निर्वाचित गरेको छ । कम्पनीका अनुसार सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुका लागि निर्वाचन गर्नुपर्नेमा २ वटा मात्र उम्मेदवारी परेका कारण चिराग अग्रवाल र रुबिना श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन्। कार्यक्रममा निर्वाचन अधिकृत अधिवक्ता चक्रबहादुर थापाले निर्वाचित सर्वसाधारण समूहका सञ्चालकद्वयलाई प्रमाणपत्र प्रदान गर्दै सञ्चालक सपथ समेत गराएका थिए।

ओम मेगाश्री नेपालको पुँजीबजारमा सूचीकृत एकमात्र औषधि उत्पादक कम्पनी हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

म्याग्दी र राहुघाट नदीबाट उत्पादित बिजुली प्रवाह हुने प्रसारणलाइन निर्माण अन्तिम चरणमा

डाँडाखेत–राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा पुगेको छ । म्याग्दी...

असोज १७ देखि २० गतेसम्म अत्यावश्यक बाहेकको यात्रा नगर्न आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाँच प्रदेशमा...

कुन देशमा दसैंको टीका लगाउने उत्तम साइत कति बजे ? (सूचीसहित)

आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका...

आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५३ बजे

आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका...

अमेरिकाले बजेट पारित गर्न सकेन: आजदेखि देश ‘शटडाउन’मा, कर्मचारी बेतालवी विदामा

अमेरिकी संघीय सरकारको सेवा आजबाट आंशिक रूपमा अवरुद्ध भएको...

थप सक्रिय हुँदै मनसुन, असोज १७ गतेबाट भारी वर्षाको जोखिम

जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन...
spot_img
spot_img
spot_img
spot_img