नेको इन्सुरेन्सको वार्षिक साधारणसभा आज जेठ ९ गते शुक्रबार बस्दैछ । साधारणसभाले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
सभामा कम्पनीको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । सभामा आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बैशाख ३० गते बुक क्लोज गरिसकेको छ । बैशाख ३० गतेभन्दा अघि कायम भएका सेयरधनीले सभामा भाग लिन प्रस्तावित लाभांश पाउने छन् ।











