Thursday, June 25, 2026
spot_img

नागरिक लगानी कोषको साधारणसभा आह्वान, यस्ता छन् लाभांश सहितका ५ प्रस्ताव

spot_img
spot_img

नागरिक लगानी कोषले साधारणसभा आह्वान गरेको छ । कम्पनीले २०८१ असार ३१ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउँन सक्ने छन् । कम्पनीले आर्थिक्व वर्ष २०७९/८० को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने कोषको आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० साल असार मसान्तको वासलात, नाफा/नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने।

(३) कोषको आर्थिक बर्ष २०७९/८० को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्टयाइएको प्रस्तावित १४ (चौध) प्रतिशत बोनस शेयर र ०.७३६८ (शून्य दशमलव सात तीन छ आठ) प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनका लागि) स्वीकृत गर्ने ।

(४) साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एक/एक जना प्रतिनिधि नियुक्त गर्ने।

(५) विविध ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img