Friday, May 23, 2025
spot_img

मनकामना स्मार्ट लघुवित्तको १० लाख कित्ता बढी शेयरको लकइन अवधि सकिंदै

spot_img

मनकामना स्मार्ट लघुवित्तको संस्थापक तथा कर्मचारीहरुको नाममा रहेको शेयरको लक इन अवधि २०८१ असार २७ गते समाप्त हुने भएको छ । कम्पनीले आईपीओ निष्काशन गरि बाँडफांड गरेको ३ वर्ष पुरा भएकोले संस्थापक शेयरधनीको नाममा रहेको १० लाख ८ हजार ३५ दशमलव ४३ कित्ता शेयर र कर्मचारीहरुको नाममा रहेको ७ हजार ४ सय २४ दशमलव ५३ कित्ता शेयरको लक् इन अवधि २०८१ असार २७ गते समाप्त हुने भएको हो।

कम्पनीको साधारण शेयर २०७८  असार १७ गतेदेखि २०७८ असार २१ गतेसम्म सर्वसाधारण ( कर्मचारीहरु समेत) मा निष्काशन तथा बिक्री खुल्ला गरी  २०७८ असार २८ गते बाँडफाँड गरिएकोथियो । कम्पनीको साधारण शेयर सर्वसाधारणकालागि सार्वजनिक निष्काशन गरी बाँडफाँड गरिएको  तीन वर्ष समाप्त भएसम्म संस्थापक शेयरधनी तथा कर्मचारीहरुले धारण गरेको शेयर लक इन मा राख्नु पर्ने व्यवस्था भए बमोजिम लक इनमा राखिएको र उक्त शेयरको २०८१ असार २७ गते लक इन अवधि समाप्त हुने कम्पनीले जनाएको छ ।

शेयरको लकइन् अवधि सकिने भएपनि कम्पनीका संस्थापक शेयरधनीले दोस्रो बजारबाट सहजै आफ्नो नाममा रहेको शेयर बिक्री गर्न पाउने छैनन् । त्यस्तै कम्पनीको संचालक समितिका पदाधिकारीहरु तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले भने खरीद बिक्री गर्न पाउने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img