Monday, February 10, 2025
spot_img

शेयर किनबेचको लागि अनलाइन आईडी लिने लगानीकर्ता २२ लाख नाघे

धितोपत्रको दोस्रो बजारमा शेयर कारोबारको लागि अनलाईन लगईन आइडी र पासवर्ड लिने लगानीकर्ताको संख्या २२ लाख नाघेको छ । नेपाल धितोपत्र बोर्डको तथ्यांक अनुसार आ.व. २०८०/८१ को वैशाख मसान्तसम्म उक्त संख्या २२ लाख १६ हजार २ सय ४७ पुगेको छ ।

२०७७ असारमा धितोपत्रको दोस्रो बजार अनलाइन कारोबारका लागि करिब ३५ हजार भन्दा बढीले युजर आई डि लिएकोमा २०७८ असारमा ७ लाख ९५ हजार ९ सय ३४ ले लिएका थिए। आ.व. २०७८ ७९ को अन्त्यमा सो लिने लगानीकर्ताहरुको संख्या १४ लाख ८५ हजार ४ सय ६० पुगेको थियो । आ.व. २०७९/८० को अन्त्यसम्म उक्त संख्या १७ लाख ६३ हजार ३ सय १ रहेको थियो ।

बोर्डक अनुसार मेरो सेयर खाता लिनेको संख्या पनि उल्लेख्य बढेको छ। २०७७ असारमा करिब ७ लाखको संख्या रहेको मा २०७८ को असारमा उक्त संख्या वृद्धि भई २८ लाख ५१ हजार ८ सय ३ पुगेको थियो । आ.व. २०७८ ७९ को अन्त्यमा उक्त संख्या ४३ लाख ६८ हजार ६ सय ३९ पुगेको छ । आ.व. २०७९/८० को अन्त्यमा उक्त संख्या ४७ लाख ४१ हजार ५५ पुगेको छ । आ.व. २०८०/८१ को वैशाख मसान्तसम्म उक्त संख्या ५३ लाख २२ हजार ९ सय ६९ पुगेको छ ।

धितोपत्र बजार लगानीकर्ताको सहभागिताको अवस्थालाई नियाल्दा २०७७ असार मसान्तमा १७ लाखको हाराहारीमा रहेको डिम्याट खाता ( हितग्राही खाता) को संख्या पनि बढेको छ । डिम्याट खाताको संख्या आ. व. २०७७/७८ को अन्त्यमा ३७ लाख ३६ हजार ९ सय २६ पुगेको थियो । आ.व. २०७८ ७९ को अन्त्यमा उक्त संख्या बढी ५२ लाख ६० हजार २ सय ५१ पुगेको छ । आ.व. २०७९/८० को अन्त्यमा उक्त संख्या ५८ लाख २३ हजार पुगेको थियो । आ.व. २०८०/८१ को वैशाख मसान्तसम्म उक्त संख्या ६२ लाख ७२ हजार ३ सय ५१ पुगेको छ । डिम्याट खाताको प्रवृत्ति विश्ले षण गर्दा पुरुष ३६ लाख ४ हजार ५ सय ७ महिला २६ लाख ६० हजार ६ सय १२, अन्य ५४ र संस्थागत ७११५ ले उक्त खाता खोलेको देखिन्छ । प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी बागमती प्रदेशमा ३८ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २.४५ प्रतिशत खाता खुलेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

spot_img

नेपालमा बण्ड मार्केटको विकासका लागि गोष्ठी शुरू, विश्व बैंकका विज्ञ पनि सहभागी

नेपाल धितोपत्र बोर्ड तथा ईन्टरनेशनल फाईनान्स कर्पोरेशन (IFC) को...

एस.के. इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि बिक्रि...

संरक्षण क्षेत्रका सीमाना हेरफेर गरी जलविद्युत आयोजना बनाउन दिन इप्पानको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले निकुञ्ज तथा संरक्षण...

कुमारी बैंकका ग्राहकलाई अप्टिक आइजमा छुट

कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिल बिच कुमारी...

नेप्सेमा ३ कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार ३ वटा कम्पनीको...