Sunday, June 14, 2026
spot_img

शेयर किनबेचको लागि अनलाइन आईडी लिने लगानीकर्ता २२ लाख नाघे

spot_img
spot_img

धितोपत्रको दोस्रो बजारमा शेयर कारोबारको लागि अनलाईन लगईन आइडी र पासवर्ड लिने लगानीकर्ताको संख्या २२ लाख नाघेको छ । नेपाल धितोपत्र बोर्डको तथ्यांक अनुसार आ.व. २०८०/८१ को वैशाख मसान्तसम्म उक्त संख्या २२ लाख १६ हजार २ सय ४७ पुगेको छ ।

२०७७ असारमा धितोपत्रको दोस्रो बजार अनलाइन कारोबारका लागि करिब ३५ हजार भन्दा बढीले युजर आई डि लिएकोमा २०७८ असारमा ७ लाख ९५ हजार ९ सय ३४ ले लिएका थिए। आ.व. २०७८ ७९ को अन्त्यमा सो लिने लगानीकर्ताहरुको संख्या १४ लाख ८५ हजार ४ सय ६० पुगेको थियो । आ.व. २०७९/८० को अन्त्यसम्म उक्त संख्या १७ लाख ६३ हजार ३ सय १ रहेको थियो ।

बोर्डक अनुसार मेरो सेयर खाता लिनेको संख्या पनि उल्लेख्य बढेको छ। २०७७ असारमा करिब ७ लाखको संख्या रहेको मा २०७८ को असारमा उक्त संख्या वृद्धि भई २८ लाख ५१ हजार ८ सय ३ पुगेको थियो । आ.व. २०७८ ७९ को अन्त्यमा उक्त संख्या ४३ लाख ६८ हजार ६ सय ३९ पुगेको छ । आ.व. २०७९/८० को अन्त्यमा उक्त संख्या ४७ लाख ४१ हजार ५५ पुगेको छ । आ.व. २०८०/८१ को वैशाख मसान्तसम्म उक्त संख्या ५३ लाख २२ हजार ९ सय ६९ पुगेको छ ।

धितोपत्र बजार लगानीकर्ताको सहभागिताको अवस्थालाई नियाल्दा २०७७ असार मसान्तमा १७ लाखको हाराहारीमा रहेको डिम्याट खाता ( हितग्राही खाता) को संख्या पनि बढेको छ । डिम्याट खाताको संख्या आ. व. २०७७/७८ को अन्त्यमा ३७ लाख ३६ हजार ९ सय २६ पुगेको थियो । आ.व. २०७८ ७९ को अन्त्यमा उक्त संख्या बढी ५२ लाख ६० हजार २ सय ५१ पुगेको छ । आ.व. २०७९/८० को अन्त्यमा उक्त संख्या ५८ लाख २३ हजार पुगेको थियो । आ.व. २०८०/८१ को वैशाख मसान्तसम्म उक्त संख्या ६२ लाख ७२ हजार ३ सय ५१ पुगेको छ । डिम्याट खाताको प्रवृत्ति विश्ले षण गर्दा पुरुष ३६ लाख ४ हजार ५ सय ७ महिला २६ लाख ६० हजार ६ सय १२, अन्य ५४ र संस्थागत ७११५ ले उक्त खाता खोलेको देखिन्छ । प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी बागमती प्रदेशमा ३८ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २.४५ प्रतिशत खाता खुलेको देखिन्छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...

युवाहरू विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेकोे छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा...

उच्चतम् प्रविधि र आधुनिक डिजाइनसहित नेपाल आयो ओमोडा ई–५ प्रो, यस्ता छन् विशेषता

ओमोडाको प्रिमीयम इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ नेपाली बजारमा...
spot_img