Thursday, July 10, 2025

नयाँ सरकार गठनको दिन शेयरबजार दोहोरो अङ्कको गिरावट, कारोबार रकम बढेर पौने ९ अर्ब

spot_img
spot_img

नयाँ सरकार गठन भएको दिन शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकम भने बढेको छ। आज नेप्से सूचक १७.१८ अंकले घटेर २२४०.४१ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३२२ कम्पनीका २ करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर खरिद बिक्रीबाट ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ रुपैयाँ १५ पैसाको कारोबार भएको छ । जस मध्ये अप्पर तामाकोशी हाइड्रोपावरको ३७ करोड ८ लाखको कारोबार भएको छ भने निफ्राको २१ करोड ९८ लाखको कारोबार भएको छ । त्यस्तै जानकी फाइनान्सको १९ करोड १५ लाखको कारोबार भएको छ ।

आज सिभिल बैंकको ऋणपत्रको मूल्य १० प्रतिशतले बढेको छ भने मान्डु हाइड्रोको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ ।

आज जानकी फाइनान्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ भने एनआईसी एसिया बैंकको ऋणपत्रको मूल्य ६.९४ प्रतिशत घटेको छ  ।

आज कारोबारमा आएका समूहगत सूचक मध्ये हाइड्रोपावर, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड बाहेकका सबै समूहगत सूचक घटेका छन् । जस मध्ये विकास बैंक समुह सर्वाधिक १.८९ प्रतिशत घटेको छ। आज लगानी समुह सर्वाधिक १.७० प्रतिशत बढेको छ ।

आज नै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । नेकपा एमाले, कांग्रेस र जसपा मिलेर नयाँ सरकार गठन गरेका हुन् । ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधान सहित अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्ने छन् । पौडेल शेयरबजारले रुचाएको अर्थमन्त्रीको रुपमा चिनिने गरेका छन् । तर यस पटक भने उनले सपथ लिएकै दिन बजारमा दोहोरो अंकले घटेको छ । यद्यपि विष्णु पौडेल अर्थ मन्त्रालयमा आउने चर्चा पहिलेदेखि नै  रहेकोले  त्यसको कारणले पहिले नै बजार बढिसकेको र लगानीकर्ताले प्रफिट बुक गर्न खोज्दा आज बजार घटेको हुन सक्ने जानकारहरु बताउछन् ।

spot_img
spot_img

- Advertisement -

spot_img

AI चिप निर्माता NVIDIA बन्यो ४ ट्रिलियन डलर बजार पूँजीकरण पुग्ने विश्वकै पहिलो कम्पनी

एआई चिप निर्माता कम्पनी एनभिडिया कर्पोरेसनले बुधबार इतिहास रच्दै...

आज बिहीबार कुन विदेशी मुद्राको सटही दर कति ?

नेपाल राष्ट्र बैङ्कले आज बिहिबारका लागि विदेशी मुद्राको विनिमय...

मुस्ताङमा आएको बाढीले ७ वटा पुल बगायो

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि...

खानी खोला हाइड्रोको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुई अन्तर्राष्ट्रिय अवार्ड

निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचआई) ले दुई...

एसएमई कम्पनीले आईपीओ निकाल्न बिक्री प्रबन्धक नै नपाउने जोखिम, लकइनले झस्किए !

नेपाल धितोपत्र बोर्डले ल्याएको साना तथा मझौला संगठित संस्थाको...
spot_img