spot_img

शेयर बजार ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक

spot_img

शेयर बजार परिसूचक नेप्से ५ प्रतिशतले  बढेपछि आज बजारमा दोस्रो  सर्किट ब्रेक लागेको छ। ११ बजेर २१ मिनेट ३९ सेकेन्ड हुँदा बजार ५ प्रतिशतले बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो । अब  कारोबार ४० मिनेटपछि सुरु हुने छ ।

यो समाचार तयार पार्दासम्म सूचक १०२.६८ अंकले बढेर २१५६.०७ को बिन्दुमा पुगेको छ । आज मंगलबारको प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से  सूचक ३२.४४ अंकले बढेर २०८५.८२ को बिन्दुमा पुगेको थियो। त्यसपछि ११ बजे नियमित कारोबार सुरु भएकोमा  ११ बजेर १ मिनेट २० सेकेन्ड हुँदा बजार ४ प्रतिशतले बढेपछि बजारमापहिलो  सर्किट ब्रेक लागेको हो । पहिलो सर्किट ब्रेक लागेपछि बजार २० मिनेटपछि खुलेकोमा खुलेको २ मिनेट भित्रै दोस्रो सर्किट ब्रेक लागेको हो ।

हालको सत्ता समीकरण फेरबदल भएर एमाले र कांग्रेस सम्मिलित सरकार बन्ने सहमति राजनीतिक वृत्तमा भएपछि शेयर लगानीकर्ता उत्साहित भएका छन् । एमालेले अर्थ मन्त्रालय पाउने सहमति भए पछि फेरी एमालेबाट विष्णु पौडेल अर्थमन्त्री हुने बजार चर्चा छ। उनी शेयर बजारले अत्यधिक रुचाएका अर्थ मन्त्री हुन् ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...