Tuesday, June 9, 2026
spot_img

७ सय रुपैयाँ मै महिला लघुवित्तको शेयर खरिद गर्ने अवसर, २ लाख कित्ता लिलाममा

spot_img
spot_img

महिला लघुवित्तको झन्डै २ लाख कित्ता संस्थापक शेयर लिलाममा आएको छ। कम्पनीको संस्थापक समुहको १ लाख ९९ हजार ४ सय ७२ कित्ता शेयर लिलाममा आएको हो ।

यस लिलामीमा आज असार १७ गतेदेखि साउन ८ गतेसम्म आवेदन दिन सकिने छ। यस लिलामीको शेयरमा जो सुकै व्यक्ति वा संस्थाले आवेदन दिन सक्ने छन्। तर नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत शेयर धारण गर्नको लागि तोकेको योग्यता पुरा गरेको हुनु पर्ने छ।  शेयर लिलाम प्रक्रियाको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंग लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।

यी शेयरको न्युनतम मूल्य प्रति कित्ता ७ सय रुपैयाँ तोकिएकोले सो भन्दा बढी रकम कबुल गरि शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ । आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ। आवेदन फारम र अन्य विस्तृत जानकारी नेपाल एसबिआई मर्चेन्टबाट लिन कम्पनीले आग्रह गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

४१ प्रतिशतले बढ्यो रेमिट्यान्स, बैशाखमा मात्रै भित्रियो २५७ अर्ब ४९ करोड

चालु आर्थिक वर्षको बैशाख सम्ममा विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले...

महँगी बढ्यो

२०८३ वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत...

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...
spot_img